नेपालमा १५ पुसबाट दर्ता नभएका मोबाइल नचल्ने, यस्तो छ कारण

११ पुष २०७९, सोमबार ०९:४३

काठमाडौं । नेपालमा आगामी १५ पुसबाट अवैध रूपमा भित्रिएका मोबाइल पूर्ण रूपमा नचल्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजम्यान्ट सिस्टम (एमडिएमएस) पूर्ण रूपमा सञ्चालनमा ल्याउने भएसँगै सिस्टममा दर्ता नभएको मोबाइल नचल्ने भएको हो ।

मोबाइल सेटमा भएका १५ अंकको आइएमइआई नम्बर सिस्टममा दर्ता गराउनुपर्नेछ । प्राधिकरणले गत असोजदेखि सिस्टमको औपचारिक सुरुवात गरेको थियो । अब विदेशबाट नेपालीले आफ्नो साथमा ल्याएको मोबाइल सेट प्रयोग गर्न अनिवार्य रूपमा भन्सार घोषणा गर्नुपर्नेछ ।
विदेशबाट ल्याइएका मोबाइल सेट प्राधिकरणको प्रणालीमा दर्ता गर्नका लागि आइएमइआई नम्बरसहित भन्सार शुल्क सक्तानी गर्नुपर्नेछ। त्यस्तै, भदीअगाडिदेखि प्रयोग नभएका मोबाइल सेट पनि यसरी नै भन्दा घोषणा गरी प्रयोग गर्न सकिने प्राधिकरणले जनाएको छ।

प्राधिकरणअनुसार भन्सार शुल्क भुक्तानी गरिसकेको मोबाइल सेट, प्रज्ञापनपत्र, राहदानी, नागरिकता, राष्ट्रिय परिचयपत्र पेस गरी मोबाइल सेट प्राधिकरणको सिस्टममा दर्ता गर्न सकिनेछ। प्रयोगकर्ता आफैँले एमडिएमएसको अनलाइनमा गएर आवश्यक कागजपत्र अपलोड गरी मोबाइल सेट प्रणालीमा दर्ता गर्न सक्नेछन् ।

त्यस्तै, नेपालभित्रै मोबाइल खरिद गर्दा पनि खरिद गर्न लागिएको मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडिएमएस प्रणालीमा दर्ता भए–नभएको यकिन गरेर मात्रै खरिद गर्न प्राधिकरणले अनुरोध गरेको छ। मोबाइल आयातकर्ता, विक्रेताहरूले मोबाइल आयात गर्नुअघि अनिवार्य रूपमा प्राधिकरणको पूर्वस्वीकृति लिई र प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र बिक्री–वितरण गर्नसमेत आग्रह गरेको छ ।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) भनेको मोबाइल सेटको विवरण संकलन गर्ने प्रणाली हो। हामीले प्रयोग गर्ने प्रत्येक मोबाइल सेटमा आइएमइआई नम्बर हुन्छ । यो नम्बरले मोबाइलको परिचय दिन्छ। एमडिएमएसमा मोबाइलको यही आइएमइआई नम्बर दर्ता गरिन्छ। एमडिएमएसमा दर्ता भएका मोबाइल हराएमा, चोरी भएमा सजिलै पत्ता लगाउन सकिन्छ।

यो प्रणालीले कम्तीमा १० करोड आइएमइआई नम्बर दर्ता गर्न सकिनेछ। यो प्रणालीमा आइएमइआई नम्बर राखिएका हरेक डिभाइसहरूको दर्ता र रेकर्ड हुनेछ। करिब एक अर्ब रुपैयाँ लगानीमा तयार गर्न लागिएको एमडिएमएसले मुलुकभित्र रहेका प्रत्येक मोबाइल ह्यान्डसेटको प्रयोग, निशाबाट आयात हुने तथा बजारमा रहेका मोबाइल ह्यान्डसेटलाई व्यवस्थित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*