बिष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री बन्दै, प्रचण्डसँगै शपथ, शेयर लगानीकर्ताहरु उत्साहित

१० पुष २०७९, आईतवार २१:१२

काठमाडौं । नेपाली शेयर बजारमा हालसम्मकै उच्च बनाएर चर्चामा आएका भुपु अर्थमन्त्री विष्णु पौडेले नयाँ बन्ने सरकारमा भोलि नै उपप्रधान तथा अर्थमन्त्रीको शपथ लिने भएका छन् ।

प्रधानमन्त्री प्रचण्डले शपथ लिँदै गर्दा एमालेको तर्फबाट उप प्रधानमन्त्रीको रुपमा विष्णु पौडलले समेत शपथ लिने एमाले स्रोतले जनाएको छ । स्रोतका अनुसार स्वतन्त्र पार्टीको तर्फबाट पनि एक जना मन्त्री सहभागी हुनसक्नेछन् । यद्यपि सो पार्टीले औपचारिक निर्णय गरिसकेको छैन । त्यस्तै, राप्रपाबाट समेत ज्ञानेन्द्र शाही वा अन्य कोहीले भोलि नै शपथ लिनसक्ने जनाइएको छ ।

आफ्नो नौ महिने शासन कालमा नेपाली शेयर बजारलाई अनुरुपको वातावरण सिर्जना गरेर लगानीकर्ताहरुलाई प्रोत्साहन गरेका पौडेल नयाँ सरकारको गठबन्धनमा एमालेको तर्फबाट सरकारको नेतृत्व गर्दै उपप्रधान तथा अर्थमन्त्री बन्ने लगभग निश्चित भएको छ । एमाले स्रोतका अनुसार अर्थमन्त्रालय सहितका महत्वपूर्ण मन्त्रालय एमालेले पाउने छ । त्यसमा युवा पुस्ता र काम गर्न सक्ने व्यक्तिहरुलाई मन्त्री बनाउने तयारी भइरहेको एमाले स्रोतले जनाएको छ । भोलिको शपथमा अर्थमन्त्री पौडेलसहित अर्का एक जना व्यक्ति मन्त्री बन्ने जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*