रिलायबल नेपाल लाइफ द्धारा मृतकको घरमै पुगेर२० लाख रुपैयाँ बीमा दाबी भुक्तानी

१० पुष २०७९, आईतवार २०:४५

धनगढी । रिलायवल लाइफ इन्स्यारेन्स कम्पनीले मृतकको घरमै पुगेर बीमा दावी रकम भुक्तानी गरेको छ । सो कम्पनीले सुदुरपश्चिम नेपालको कञ्चनपुरस्थित पुर्नवास नगरपालिका ८ खाड्चोकमा रहेको मृतकको घरमै गएर २० लाख ८० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

आइतबार एक कार्यक्रमका बिच पुर्नवास नगरपालिका प्रमुख तोयानाथ शर्माले मृतक राममुर्ती रानाकी श्रीमती अनुखा रानालाई चेक प्रदान गरेको हो । उनले बीमितका आश्रित परिवारलाई बिमाबाट पाएको रकमको सदुपयोग गर्न सुझाव दिएका छन् ।

‘बीमा हाम्रो सुख–दुःखको सारथि हो । रिलायवल लाइफले घरमै पुगेर रकम प्रदान गरेको छ । यो सुखद पक्ष हो । यो रकमले केही हद सम्म पनि मृतकका परिवारलाई राहत पुगेको छ ।,’ मेयर शर्माले भने, ‘मैले पनि रिलायवल लाइफमै जीवन बिमा गरेको छु ।’

मृत्युदावी रकम हस्तान्तर कार्यक्रममा रिलायवल लाइफ इन्सोरेन्स सुदूरपश्चिम प्रदेश प्रमुख चन्द बहादुर विष्टले पीडितको सहजताको लागी घरमै पुगेर रकम प्रदान गरिएको बताए । यसअघि कञ्चनपुरमै नेपालकै ठुलो रकम ४ करोडको मृत्युदावी भुक्तानी गरिसकेको स्मरण गराउँदै विष्टले बीमा जीवन रहँदा र नरहँदाको पनि परिवार तथा आश्रितको सारथि भएको बताए ।

बीमा मृत्यु रकम बुझ्दै रानाले श्रीमानको मृत्युपछि छोरा छोरीको भविष्य बनाउने जिम्मेवारी आफ्नो काँधमा आइपरेको र बीमाको रकम सहजता हुने महसुस गरेको अनुभव सुनाईन् ।

रकम हस्तान्तरण कार्यक्रममा नगर प्रमुख तोयानाथ शर्मा, वडा सदस्य, पत्रकार, आइविआरडी शाखा प्रमुख, एजेन्सी म्यानेजर, एजेन्ट र स्थानीयहरूको उपस्थिति रहेको थियो ।
मृतक रानाले २०७७ चैत्र २२ बीमा गरी दोस्रो किस्ता तिरेका थिए । रानाको ६ महिना अघि उपचारकै क्रममा निधन भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*