७ दलका १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्दै, अर्थमन्त्रीमा विष्णु पौडेल र वर्षमान पुनको सम्भावना

१० पुष २०७९, आईतवार १७:००

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमाले सहित छ राजनीतिक पार्टीको समर्थनमा प्रधानमन्त्री बन्ने भएका छन् । आज अपरान्ह भएको सहमति अनुसार एमाले, माओवादी सहितका दलहरु राष्ट्रपति कार्यालय शितल निवासमा पुग्दैछन् । स्रोतका अनुसार राष्ट्रपति भण्डारीले आजै वा भोलि नै प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने जनाइएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड माओवादीको ३२, एमालेको ७८, स्वतन्त्र पार्टीको २०, राप्रपाको १४, जसपाको १२, जनमत पार्टी ६ र नागरिक उन्मुक्ति पार्टीको ४ सहित कूल १६९ सांसदको समर्थनमा प्रधानमन्त्री बन्न लागेका हुन् ।
स्रोतका अनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राष्ट्रपति कार्यालय शितल निवास पुगिसकेका छन् । राष्ट्रपतिले आजै वा भोलिसम्म नयाँ सरकारको शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।

उता, नयाँ सरकार गठनसँगै अर्थमन्त्री को बन्छ भन्ने आम चासो बढिरहेको छ । यसअघि शेयर लगानीकर्ताहरुले धेरै आशा गरेका विष्णु पौडेल अर्थमन्त्री बन्ने प्रबल सम्भावना रहेको छ । त्यस्तै, माओवादी वर्षमान पुन अनन्त समेत अर्थमन्त्र बन्ने सम्भावना छ । मन्त्रालय भागबण्डामा कसको भागमा कुन मन्त्रालय पर्छ सोही आधारमा अर्थमन्त्री तय हुनेछ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने वा हरि ढकाल मध्येबाट समेत अर्थमन्त्री हुनसक्ने सम्भावना रहेको छ ।

 

*अपेडट गरिएको ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*