सूर्यज्योति लाइफ इन्स्योरेन्सको संचालक समितिको अध्यक्षमा भट्टराई नियूक्त, यस्तो बन्यो नयाँ संचालक समिति

१० पुष २०७९, आईतवार १६:४६

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको संचालक समितिको अध्यक्षमा केशव प्रसाद भट्टराई नियूक्त भएको छ। दुबै कम्पनी एकआपसमा गाभ्ने गाभिने सम्बन्धमा दुबै कम्पनीे अन्तिम सम्झौता भई दुबै कम्पनीको मिति बार्षिक साधारण सभाबाट सो सम्बन्धमा विशेष प्रस्ताव पारित भए पश्चात् नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड लगायत कम्पनी रजिष्ट्रारको कार्यालयबाट ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. लाई सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि. मा गाभ्न स्विकृति प्राप्त भए बमोजिम सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाममा मा कम्पनी दर्ता प्रमाण पत्र तथा नेपाल बीमा प्राधिकरणबाट एकिकृत कारोवार गर्ने स्विकृति प्राप्त भए पश्चात् गतेपुस ०७ गते देखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकिकृत कारोवार संचालन भएको छ ।

यसै सन्दर्भमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक समितिको पुस ०७ गते बिहान बसेको ३३३ औंं बैठकबाट साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि. को संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईलाई कम्पनीको अध्यक्ष पदमा चयन गर्ने सर्वसम्मत निर्णय भई सोही दिन नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

उक्त दिन संचालक समितिको ३३४ औं बैठकमा अध्यक्ष भट्टराईद्वारा संचालक नन्द किशोर शर्मा, हेमन्त नाहटा, विवेक झा, जयन्त कुमार अग्रवाल एवं श्रीमती प्रिया तायललाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए। कम्पनीको संचालक समितिको सल्लाहकारमा आकाश गोल्छा नियूक्त भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*