बीमा कम्पनीहरुले कर्मचारी बोनस लागि ३२ करोड २८ लाख रुपैयाँ छुटाए, जीवनको बढ्यो, निर्जिवनको घट्यो ( कर्मचारी बोनस व्यवस्था सहित )
काठमाडौं । बीमा कम्पनीहरुले कर्मचारी बोनस लागि ३२ करोड २८ लाख रुपैयाँ छुटाएका छन् । हाल संचालनमा रहेका जीवन तथा निर्जिवन बीमा कम्पनीहरुले आफना कर्मचारीहरुको लागि उक्त रकम छुट्याएको हो । चालु आर्थिक बर्षको प्रथम त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले कर्मचारी बोनस व्यवस्था अन्तर्गत १९ करोड ७८ लाख रुपैयाँ र निर्जिवन बीमा कम्पनीहरुले १२ करोड ४५ लाख रुपैयाँ कर्मचारी बोनस व्यवस्थाका लागि रकम छुट्याएको हो ।
गत आर्थिक बर्षको तुलनामा जीवन बीमा कम्पनीहरुको कर्मचारी बोनस व्यवस्थाको रकम बढेको छ भने निर्जिवन बीमा कम्पनीहरुको घटेको छ । निर्जिवन बीमा कम्पनीहरुमा भने एकिकृत कारोबार भईसकेको कारण यसको प्रभा देखिएको हो ।
गत आर्थिक बर्षको तुलनामा जीवन बीमा कम्पनीहरुको कर्मचारीहरुको बोनस ५९ प्रतिशतले बढेको छ भने निर्जिवन बीमा कम्पनीहरुको कर्मचारी बोनस २।६६ प्रतिशतले घटेको छ ।
जीवन बीमा कम्पनी
जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको तथ्यांक अनुसार प्रथम त्रैमासको अवधिसम्ममा नेपाल लाइफ कर्मचारीलाई सबैभन्दा धेरै बोनस दिने कर्मचारी बनेको छ।कम्पनीले यस त्रैमासको अवधिसम्ममा २ करोड ५५ लाख रुपैयाँ रकम छुट्याएको छ।
त्यस्तै, ज्योति लाइफले २ करोड ३९ लाख रुपैयाँ , सूर्या लाइफले २ करोड ३० लाख रुपैयाँ रकम छुट्याएको छ। जीवन बीमा तर्फ एलआईसी (नेपाल), युनियन लाइफ, प्राईम लाइफको कर्मचारी बोनस रकम गत आर्थिक बर्षको तुलनामा घटेको छ । बाँकिको बढेको छ।
निर्जिवन बीमा कम्पनीहरु
निर्जिवन बीमा कम्पनीहरुमा सबैभन्दा धेरै कारोबार गर्ने शिखर इन्स्योरेन्स कम्पनीले आफना कर्मचारीहरुलाई सबैभन्दा धेरै बोनस रकम दिएका छन् । कम्पनीले प्रथम त्रैमासको अवधिसम्ममा १ करोड ९२ लाख रुपैयाँ कर्मचारी बोनसको लागि रकम छुट्याएको छ ।
त्यस्तै, प्रिमियम इन्स्योरेन्स कम्पनीले १ करोड १५ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ करोड १७ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ करोड रुपैयाँ, नेको इन्स्योरेन्सले ९५ लाख रुपैयाँ र सिद्धार्थ इन्स्योरेन्सले ९३ लाख रुपैयाँ रकम कर्मचारी बोनस व्यवस्थाको लागि छुट्याएको छ।
कम्पनीहरुले प्रकाशन गरेका तथ्यांक हेर्दा यस त्रैमाससम्ममा निर्जिवन तर्फ प्रभु इन्स्योरेन्स, नेको इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, हिमालयन एभरेष्ट इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र जनरल इन्स्योरन्सको कर्मचारी बोनस रकम गत आर्थिक बर्षको तुलनामा घटेको देखिएको छ ।
कम्पनीहरुले त्रैमाशिक अवधिमा सार्वजनिक गर्ने यस्तो वित्तीय विवरण एक्चुरी पछि तयार हुने लेखापरीक्षण प्रतिवेदनमा धेरै नै फरक पर्न जान्छ । एक्चरीले कम्पनीको दीर्घकालिन दायित्वलाई मूल्याङ्कन गरेर मात्रै मुनाफा तय गर्ने भएकाले अहिलेको मुनाफा मिल्दैन । सामान्यतया लेखापरीक्षण प्रतिवेदन पछि मुनाफा बढ्ने भएकाले कर्मचारीहरुले राम्रो बोनस पाउने गरेका छन् ।