नेपाल बीमा प्राधिकरणद्धारा जुम्लाको तिला गाउँपालिकामा बीमा सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयले जुम्लाको तिला गाउँपालिकामा बीमा सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । पुष ७ गते बिहिबार तिला गाउँपालिकाको कार्यालय, जुम्लामा बीमकका प्रतिनिधिबीच समसामयिक विषयमा छलफल कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोका, विशेष अतिथिका रुपमा गौरीकला बुडा वडा नं. १ का जंग बहादुर बस्नेत, चन्द बहादुर बोहरा, धन बहादुर शाही, भद्र विर सार्की, ललित शाही, जंग रोकाया, खम्बीलाल रोकाया, आशे बस्नेत र धनबहादु राउत रहेका थिए ।
साथै सिता मा.वि.का प्रधानाध्यापक शिव प्रसाद पाण्डे, कुडारी मा.वि.का प्र.अ.मान बहादुर शाही, ज्योति मा.वि.का प्र.अ.मोतिराम बुडा, कार्यपालिकाका सदस्यहरु धन बहादुर नेपाली, रामचन्द्र नेपाली, विष्णु कुमारी शाही, राज कन्या सार्की, गौरीकला कामी र उषा नेपाली सहभागी रहेका थिए ।
साथै स्थानीय अगुवा कृषक, कृषि सहकारि सस्थामा आबद्ध महिला तथा कृषक, बीमा कम्पनीका शाखा प्रमुखहरु, सुरक्षा निकायका प्रमुख लगायत स्थानीय हरूको ८० भन्दा बढि सहभागिता रहेको उक्त कार्यक्रमका सभापति नेपाल बीमा प्राधिकरणका कार्यालय प्रमुख पदम प्रसाद सोडारीले बताए ।
कार्यक्रममा सहभागीहरुले पशु बिमाका विषयमा आफ्ना गुनासो व्यक्त गरेका थिए । सहभागीहरूले नेपाल बीमा प्राधिकरण यस प्रदेशमा स्थापना भएकोमा खुशि व्यक्त गरेका छन् ।