लाभांश प्रस्तावसहित सिद्धार्थ इन्स्योरेन्सले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले २१औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुष ७ गते बसेको संचालक समितिको बैठकले सभाा पुष २९ गते बस्ने निर्णय गरेको हो । सभा नेपाल पर्यटन बोर्डको सभाकक्ष, भृकुटी मण्डप, काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीच एकआपसमा गाभ्ने।गाभिने सम्बन्धमा सबै प्रस्तावहरु पारित गर्नेछ । साथै मर्जरपछि बन्ने कम्पनीको नाम ‘सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड’ कायम गरी सो को नामबाट निर्जिवन बीमा ब्यवसाय गर्ने विशेष प्रस्ताव समेत पारित गर्नेछ ।
त्यस्तै, गत आार्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । साथै चालु आवको लागि लेखापरीक्षक नियुक्त गर्ने सभाको एजेण्डा रहेको छ ।
साधारण सभा प्रयोजनका लागि सिद्धार्थ इन्स्योरेन्सले पुष १८ गते एकदिन बुक्लोजको मिति तोकेको छ । यसर्थ पुष १७ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।