लाभांश र मर्जर प्रस्तावसहित प्रिमियर इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?
८ पुष २०७९, शुक्रबार ११:१७
काठमाडौं । प्रिमियर इन्स्योरेन्स लिमिटेडले मर्जर प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आह्वान गरेको छन् । कम्पनीले मर्जरको विशेष प्रस्ताव सहित पुस २९ गते २९ औ वार्षिक साधारणसभा आह्वान गरेको हो । सभा लिसारा रिसेप्सन, भगवती बहाल, नक्साल काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।
साधारणसभामा इन्स्योरेन्सले चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै सभाले प्रिमियर इन्स्योरेन्स कम्पनीमा सिद्धार्थ इन्स्योरेन्स गाभ्ने गाभिने सम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले् साधारणसभा प्रयोजनका लागि पुस २२ गते बुक क्लोज गर्ने भएको छ । पुस २१ गतेसम्म कायम शेयरधनीहरुले प्रस्तावित बोनस शेयर पाउनुका साथै साधारणसभामा भाग लिन पाउने छन् ।