नेशनल लाइफको ‘चियरपर्सन अवार्ड कार्यक्रम’ सम्पन्न, ५०० बढी अभिकर्ताहरु सम्मानित (फोटोफिचरसहित)
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको राष्ट्रिय उत्सवको रुपमा लिईने ‘चियरपर्सन अवार्ड प्रोग्राम’ सम्पन्न भएको छ । पुष ५ गतेदेखि पुष ७ गतेसम्म काठमाडौंको सोल्टी होटलमा दुई दिने कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा पहिलो दिन भारतीय प्रशिक्षक सैयद अब्जल अहमदद्वारा तालिम प्रदान गरिएको थियो । देशभरबाट आएका ५०० बढी अभिकर्ता तथा सयौं शाखा प्रमुख कर्मचारीहरुको उपस्थिति थियो ।
साथै दोस्रो दिन पुष ६ गते कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेश प्रसाद खत्रीबाट उत्कृष्ट ब्यवसाय गरी आर्थिक वर्ष २०७८।७९ को लागि क्लबको टार्गेट पुगाउने अभिकर्तालाई प्रमाणपत्र र अबिर खादाबाट सम्मान गरिएको थियो । देशैभरबाट आफ्नो कोड र सञ्जालबाट उत्कृष्ट ब्यवसाय गर्नेलाई दोसल्ला प्रमाणपत्र र नगद पुरस्कारबाट सम्मान गरिएको थियो ।
साथै सातै प्रदेशबाट समेत ब्यवसायिक लिडरहरु सम्मानित भएका थिए । हरेक वर्ष झैं यसवर्ष पनि कम्पनीको सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत जहेन्दार बिपन्न तथा असहाय गरी आठजना बालबालिकालाई छात्रबृत्ति समेत प्रदान गरिएको थियो ।
गत आर्थिक बर्षमा कम्पनीले तोकेको स्किम अनुसार ब्यवसाय गर्ने आफ्नो कोड र सञ्जाल बिजनेशका योग्य अभिकर्तालाई कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंह बाट सम्मान गरिएको थियो । कम्पनीका सिईओ सुरेश प्रसाद खत्रीद्वारा पहिलो दिनको तालिम उद्घाटन गरिएको थियो । दोस्रो दिनको सम्मान कार्यक्रमको उद्घाटन अध्यक्ष सिहबाट दीप प्रज्वलन गरिएको थियो ।
३५ वर्षअघिदेखि संचालनमा आएको नेशनल लाइफ इन्स्योरेन्सले प्रत्येक आर्थिक वर्षमा विभिन्न स्किमहरु ल्याई टार्गेट पुरा गर्ने अभिकर्ताहरुलाई सम्मान गर्ने गरेको छ । नेशनल लाइफ इन्स्योरेन्सलाई सर्वाधिक बोनसदर भएको कम्पनीको रुपमा समेत चिनिन्छ ।
फोटोफिचर :