नेपाल बीमा प्राधिकरणद्धारा डोटी जिल्लाको शिखर नगरपालिकामा जनचेतनामुलक कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरण सुदुर पश्चिम प्रदेश धनगढीबाट डोटी जिल्लाको शिखर नगरपालिकामा जनचेतनामुलुक अन्तर्कृया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । सुदुरपश्चिम प्रदेश धनगढीका कार्यालय प्रमुख ओम बहादुर अधिकारिको सभापतित्वमा उक्ता कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा शिखर नगरपालिकाका कार्यबाहक नगर प्रमुख दिर्घ बहादुर सिंह बिशेष अतिथिका रुपमा प्रमुख प्रशासकीय अधिकृत परमानन्द शर्मा, नगरका पशुशाखा, कृषि शाखा प्रमुख, जनप्रतिनिधिहरु, स्थानीय अगुवा कृषक, कृषि सहकारि सस्थामा आबद्ध महिला तथा कृषक, बीमा कम्पनीका शाखा प्रमुखहरु, सुरक्षा निकायका प्रमुख लगायत स्थानीय हरूको ८० भन्दा बढि सहभागिता रहेको उक्त कार्यक्रम नेपाल बीमा प्राधिकरण सुदुर पश्चिम प्रदेश कार्यालयका सहायक निर्देशक दिपक ज्ञवालिले सञ्चालन गरेका थिए ।
कार्यक्रममा सहभागीहरुले पशु बिमा अन्तरगत बाख्राको दावि भुक्तानी नपाइएको गुनासो ब्यक्त गरेका र्थिए । कम्पनीहरूले बीमा गर्न नमानेको भन्ने समेत गुनासो गरेका थिए । कार्यक्रममा सहभागीहरूले नेपाल बीमा प्राधिकरण यश प्रदेशमा स्थापना भएकोमा खुशि व्यक्त गरेका छन् ।
कार्यक्रममा सहभागीहरूले राखेका जिज्ञासाको जबाफ प्रदेश कार्यालय प्रमुख ओम बहादुर अधिकारीले दिएका थिए । उक्त कार्यक्रममा शिखर नगरपालिकाको कार्यबाहक नगर प्रमुख दिर्घ बहादुर सिंहले बीमा प्राधिकरणलाई बीमा सम्बन्धि कार्यक्रम लिएर आउनु भई धेरै कुरा जनाकारी दिनु भएकोमा स्वागत तथा धन्यवाद ज्ञापन गरेका थिए ।
साथै नगरपालिकाबाट यहाँका कृषक तथा नगर बासिहरुलाई बिमामा समेट्न आफुले पहल गर्ने कुरा राख्दै यस्तो महत्वपुर्ण कार्यक्रम फेरि पनि यस नगरपािलकामा राख्न अनुरोध गरेका थिए । कार्यक्रममा प्रदेश प्रमुख ओम बहादुर अधिकारिले स्थानीय तहबाट नगरपालिकाले समेत कृषकहरूको कृषि बीमा गर्दा थप सहुलियत प्रदान गरि कृषि पेशालाई थप आत्मनिर्भर र स्वरोजगार उन्मुख बनाउन र सरकारी सम्पत्ति तथा आम नगरबासिको घर लगायत अन्य सम्पत्तिहरु तथा सरकारी भवन, मठ मन्दिर, स्कुल, विद्यार्थी ,शिक्षकहरुको अनिवार्य बिमा गर्ने व्यवस्थाका लागि अनुरोध गरेका थिए ।
यसैगरी न्यून आय भएका तथा पिछडिएका वर्गलाई बिमामा समेट्ने उद्देश्यले नेपाल बिमा प्राधिकरणले सुदूरपश्चिम प्रदेशको धनगढीमा लघुबीमा कम्पनी स्थापना गर्न लागिएको कुरा पनि बताएका थिए । अन्तमा कार्यक्रम सफल बनाउन सहयोग गर्ने शिखर नगरपालिका, बीमा कम्पनी, सुरक्षा निकाय, मेरा टिम लगायत सम्पूर्ण सहभागीहरुलाई धन्यवाद दिएका थिए ।