नेपाल लाइफका आन्दोलनरत अभिकर्ता र व्यवस्थापनबीच सहमति पत्रमा हस्ताक्षर, माग सम्बोधन गर्ने कम्पनीको प्रविद्धता
काठमाडौं । लामो समयदेखि आफना मागहरुसहित आन्दोलनमा रहेको नेपाल लाइफका अभिकर्ताहरुको मागलाई पूरा गर्ने नेपाल लाइफका उच्च व्यवस्थापकले सहमती जनाएको छ ।आज नेपाल लाइफ सिईओ प्रविण रमण पराजुली र नेपाल बीमक समिति नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष गणेश अधिकारीबीच आज सहमती भएको हो ।
अभिकर्ताहरुले राखेका जायज मागहरु पुरा भएको कम्पनीले जनाएको छ । आज दुई पक्ष विचमा नयाँ बीमा योजना तुरुन्तै ल्याउने सहमिति भएको छ ।लामो समय देखी अभिकर्ताले पटक पटक उठाउँदै आएका बीमित र अभिकर्ताका जाहेज मागहरु नयाँ बीमा योजना तुरुन्तै ल्याउन, बीमा शुल्क नवीकरण शुल्कमा दिँदै आएको छुट सबै बीमितले २ वर्षको जरिवाना छुट पाउने, बीमालेख धितो लोनमा बैंकको बेस रेट घटेकै दिनदेखी पुरानै कम्पनीले लिदै आएको व्याजदरमा कर्जा उपलब्ध हुने अभिकतां सवारी कर्जा सुचारु गर्ने, सबै पेण्डिङ रहेका स्किमका कार्यक्रमहरु पौष महिनाभरीमा सम्पन्न गर्ने, बीमालेखमा लिएको थप अतिरीक्त शुल्क हटाउने, सातवटै प्रदेशमा अभिकर्ता सम्मान तथा पुनर्ताजकी कार्यक्रम सन्चालन गर्ने, उक्त कार्यक्रम प्रदेश नं. १ बाट नयाँ बीमा योजना सहित तुरुन्तै सुरु गर्ने, ए.एम. बीसी सिस्टममा पुनर्विचार गर्न कम्पनी व्यवस्थापन तथा संचालक समिति सकारात्मक रहेको र सुधार गर्नु पर्ने अन्य विविध विषयहरु निरन्तर सुधार गर्दै जान कम्पनी व्यवस्थापन सहमत भएको उक्त विज्ञप्तीमा जनाएको छ ।
कम्पनीले सबै पेण्डिङ रहेका स्किमका कार्यक्रमहरु पौष महिनाभरीमा सम्पन्न गर्ने भएको छ । बीमालेखमा लिएको थप अतिरिक्त शुल्क हटाउने विषयमा पनि सहमति जुटेको छ । सातवटै प्रदेशमा अभिकर्ता सम्मान तथा पुनर्ताजकी कार्यक्रम सञ्चालन गर्ने, उक्त कार्यक्रम प्रदेश नम्बर एकबाट नयाँ बीमा योजना सहित तुरुन्तै सुरु गर्ने विषयमा सहमति जुटेको अभिकर्ता संघले जानकारी दिएको छ ।
आज कम्पनी व्यवस्थापन र पेशागत भीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफ बीच सहकार्य गरेर अगाडी बढ्न सहमती भएको हुँदा विगतका उपलब्धीहरुको रक्षा गर्दै पाएका उपलब्धीहरुलाई संरक्षण गर्दै बकीरहेका जाहेज मागहरुलाई पुनः उठान गर्दै अगाडी बढ्नेगरी सम्झौता गरिएको हुँदा सबैलाई जोश जागरका साथ बीमाशुल्क आर्जन वृद्धि तर्फ ध्यान दिन संघका अध्यक्ष अधिकारीले बताए ।