हिमालयन एभरेष्ट इन्स्योरेन्सले भोलिदेखि निर्जिवन बीमा अभिकर्ताको तालिम संचालन गर्दै
५ पुष २०७९, मंगलवार ११:४३
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले भोलि (पुष ६)गतेदेखि निर्जिवन बीमा अभिकर्ताको आधारभूत तालिम संचालन गर्दैछ । कम्पनीले भोलिदेखि पुष ८ गतेसम्म तीनदिने तालिम प्रदान गर्न लागेको हो ।
कम्पनीले कार्निभल रेष्ट्रो एण्ड मिटिङ्ग, थापागाउँ, काठमाडौंमा बिहान ९ः३० बजेदेखि साझ ५ बजेसम्म संचालन हुनेछ । कम्पनीले ५० जनालाई सो तालिम दिन लागेको हो ।
उक्त तालिममा सहभागी हुन चाहाने इच्छुक ब्यक्तिले कम्पनीको केन्द्रीय कार्यालय तथा कम्पनीको सम्पर्क नम्बरबाट सीट बुक गर्न सक्नेछन् ।