बीमा प्राधिकरणद्धारा टिमुर र मेन्था खेती बीमा योजना सार्वजनिक, २ लाख रुपैयाँसम्म कृषकको दूर्घटना बीमा समावेश

४ पुष २०७९, सोमबार २२:२६

काठमाडौं । नेपाल बीमा प्राधिकरणले टिमुर र मेन्था खेती बीमा योजना ल्याएको छ । कृषकहरुका् मागलाई सम्बोधन गर्दै प्राधिकरणले यस बीमा योजना ल्याएको बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

प्राधिकरणक निर्देशिका अनुसार यो दुबै बीमालेख बीमाशुल्क भुक्तानी गरेपछि मात्रै शुरु हुनेछ ।यी दुबै बीमालेख जारी गर्दा घण्टा र मिनेटसम्म खुल्ने गरी समय उल्लेख गर्नुपर्नेछ ।

बीमालेख जारी भएको मिति र जोखिम शुरु भएको मिति फरक हुने गरी बीमालेख जारी गर्न पाइने छैन । टिमुर बीमालेखको अवधि एक वर्ष मेन्था बीमालेखको अवधि ४ महिनाको हुने छ । टिमुरको खेतीको बीमा २० वर्ष उमेरसम्मको बोटको गर्न सकिन्छ ।

बीमितले अनुदान बाहके को बीमाशुल्क भुक्तानी गरेको रकम बीमकको बैंकखातामा जम्मा भएको प्रमाण बीमकले प्राप्त नगरेसम्म बीमालेख जारी गर्न पाइनने छैन ।यो बीमालेख बीमितले बीमाशुल्क भुक्तानी गरेपश्चात प्रारम्भ हुनेछ ।यस बीमालेखले कृषकको दूघटना बीमा पनि समावेश गरेको छ । किसानको २ लाख रुपैयाँ बराबरको दुर्घटना बीमाको सुविधा समेत रहेको छ ।

त्यस्तै, ,यी दूबै बीमालेख जारी भएको मिति र जोखिम शुरु भएको मिति फरक हुने गरी बीमालेख जारी गर्न पाइने छैन । टिमुर बीमालेखको अवधि एक वर्ष मेन्था बीमालेखको अवधि ४ महिनाको हुने छ । टिमुरको खेतीको बीमा २० वर्ष उमेरसम्मको बोटको गर्न सकिन्छ ।

टिमुर खेतीको बीमा लागत र उत्पादनको आधारमा गर्न सकिनेछ । त्यस्तै, बीमालेख बमोजिम गरिने टिमुर खेतीको बीमाशुल्क गणना गर्दा लागतको आधारमा ३ प्रतिशत र उत्पादनको आधारमा ५ प्रतिशत बीमाशुल्क लाग्ने छ । मेन्था खेतीको बीमाशुल्क गणना गर्दा कच्चा पदार्थ उत्पादनको आधारमा ४ प्रतिशत र सुगन्धित तेल उत्पादनको आधारमा ५ प्रतिशत बीमाशुल्क लाग्नेछ ।

Timur-Policy Mentha-Policy

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*