अछाम जिल्लाको साफेबगर नगरपालिकामा बीमा जनचेतनामूलक अन्तक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरण सुदुर पश्चिम प्रदेश धनगढीबाट अछाम जिल्लाको साफेबगर नगरपालिकामा जनचेतनामुलुक अन्तक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
सुदुरपश्चिम प्रदेश धनगढीका कार्यालय प्रमुख ओम बहादुर अधिकारिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा साफेबगर नगरपालिका अछामका प्रमुख प्रशासकिय अधिकृत मकर कुवँर, जनप्रतिनिधिहरु, स्थानीय अगुवा कृषक, कृषि सहकारि सस्थामा आबद्ध महिला तथा कृषक, बीमा कम्पनीका शाखा प्रमुखहरु, पत्रकारहरु लगायत स्थानीय हरूको ८० भन्दा बढि सहभागिता रहेको उक्त कार्यक्रम नेपाल बीमा प्राधिकरण सुदुर पश्चिम प्रदेश कार्यालयका सहायक निर्देशक दिपक ज्ञवालिले सञ्चालन गर्नुभएको थियो भने कार्यालयका कर्मचारी खेमराज जोशिले स्वागत मन्तव्य दिएका थिए ।
कार्यक्रममा सहभागीहरुले कोरोना बीमाको दावि भुक्तानी नपाइएको, बालिहरु जङ्गलि जनावरहरुबाट हुने हानि नोक्सानिको पनि क्षतिपूर्ति पाउनु पर्ने माग गरेका थिए ।खाद्यान्न बालिहरु धान, मकै, गहुँ आदिको बीमा हुने व्यवस्था मिलाउनको लागि माग गरेका थिए । स्वास्थ्य बिमालाई पनि नेपाल बिमा प्राधिकरण मातहतमा ल्याइ सेवा दिनको लागि माग गरेका छन् ।
अदुवा व्यवसायिहरुले आफुले उत्पादन गरेको अदुवालाई बजार व्यवस्थापनमा नगरपालिकाले ध्यान नदिएकोमा गुनासो पोख्नु भएको थियो । कम्पनहरूले बीमा दावि भुक्तानी गर्दा क्षति भन्दा कम रकम दिएको र कुनैलाई क्षति भन्दा बढि रकम दिएको भन्ने गुनासो गरेका थिए । कार्यक्रममा सहभागीहरूले बीमा प्राधिकरणले बीमालाई सहजरूपमा स्थानीय स्तरमा पु¥याउन र छिटो दाबि भुक्तानीका लागि सहजिकरण गरिदिनुपर्ने कुरा राखेका थिए ।
कार्यक्रममा सहभागीहरूले राखेका जिज्ञासाको जबाफ प्रदेश कार्यालय प्रमुख ओम बहादुर अधिकारीले दिनुभएको थियो भने बीमा कम्पनीबाट उक्त जिल्ला हेर्ने कम्पनी युनाइटेड इन्स्योरेन्सका शाखा प्रमुख प्रेम राज रेग्मीले समेत कृषकका जिज्ञासाको समाधान गर्ने र अबको दिनमा कृषकलाई थप सजिलो गरि बीमा सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको थियो ।
उक्त कार्यक्रममा साफेबगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मकर कुँवर तथा जनप्रतिनिधिले नगरपालिकाबाट कृषकहरुलाई बिमामा समेट्न हामी सबै मिलेर पहल गर्ने तथा कृषकहरुले उत्पादन गरेका वस्तुको उचित व्यवस्थापनका लागि आफुहरुले पहल गर्ने कुरा राख्नु भएको थियो । कार्यक्रममा प्रदेश प्रमुख ओम बहादुर अधिकारिले स्थानीय तहबाट नगरपालिकाले समेत कृषकहरूको कृषि बीमा गर्दा थप सहुलियत प्रदान गरि कृषि पेशालाई थप आत्मनिर्भर र स्वरोजगार उन्मुख बनाउन र सरकारी सम्पत्ति तथा आम नगरबासिको घर लगायत अन्य सम्पत्तिहरुको अनिवार्य बिमा गर्ने व्यवस्थाका लागि अनुरोध गरेका थिए । यसैगरी न्यून आय भएका तथा पिछडिएका वर्गलाई बिमामा समेट्ने उद्देश्यले नेपाल बिमा प्राधिकरणले सुदूरपश्चिम प्रदेशको धनगढीमा लघुबीमा कम्पनी स्थापना गर्न लागिएको कुरा पनि बताएका थिए ।
अन्तमा, कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने साफेबगर नगरपालिका, बिमा कम्पनी लगायत सम्पूर्ण सहभागीहरुलाई धन्यवाद दिएका थिए ।