कर्णाली प्रदेशका सुरक्षा प्रमुखहरुसँग बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले उक्त क्षेत्रका सुरक्षा प्रमुखहरुसँग बीमा सम्बन्धी छलफल तथा अन्तर्क्रिरया कार्यक्रम सम्पन्न गरेको छ ।
प्राधिकरणले कर्णाली प्रदेशको प्रदेश प्रहरी, जिल्ला प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरीको अनुसन्धान विभागका कर्मचारीहरुसँग बीमा क्षेत्र कसरी संचालन भईरहेको छ, नयाँ बीमा ऐनले के के व्यवस्था गरेको छ भन्ने विषयहरुमा छलफल गरेको थियो ।
सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बीमाको क्षेत्रमा सचेतना पर्याप्त नभएको बताए । कार्यक्रममा कर्णाली प्रदेश कार्यालयका प्रमुख उपनिर्देशक पदम प्रसाद सोडारीले बीमाको विषयमा प्रस्तुतिकरण दिएका थिए । कार्यक्रमको सञ्चालन सहायक निर्देशक चिनिया लामाले गरेका थिए भने स्वागत मन्तव्य सहायक निर्देशक राजेन्द्र महर्जनले गरेका थिए ।