गुराँस लाइफ इन्स्योरेन्सद्धारा मृत्युदावी वापतका रकम भुक्तानी
३ पुष २०७९, आईतवार १६:०६
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडल मृत्युदावी वापतको रकम भुक्तानी गरेको छ । राइनास नगरपालिका वडा नम्बर ५ तिनपिप्लेका स्वर्गिय आइतवहादुर नेपालीको परिवारलाई सो रकम हस्तान्तरण गरेको हो ।
गुराँस लाईफ इन्स्योरेन्स लमजुङ शाखा प्रमुख अमृतवहादुर थापाले शुुक्रवार एक कार्यक्रमका विच बीमित स्वर्गिय नेपालीको श्रीमती मिरा नेपालीलाई १३ लाख रुपैयाको चेक हस्तान्तरण गरेका हुुन ।
उक्त कार्यक्रममा राइनास गाउँपालिका वाड नम्बर ५ का वडाअध्यक्ष शंखवहादुर सार्की, राइनास नगरपालिका शिक्षा शाखा अधिकृत पूर्णवहादर नेपाली, कार्यपालिका सदस्यहरु हरिवहादुर अधिकारी, कल्पना सुनार र मृत्यकका दाजु सर्युवहादर नेपालीको उपस्थितिमा रकम हस्तान्तरण गरेको हो ।