हिमालयन एभरेष्टबाट डेपुटी सिईओ थापाको औपचारिक विदाई, कम्पनी सचिव, एचआर प्रमुखसम्मले छोडे कम्पनी
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीका डेपुटी सिईओ पवन थापालाई विदाई गरिएको छ । गत बुधबार उनको औपचारिक विदाई गरिएको हो । थापा अघि अर्का एक उच्च तहका कर्मचारीको विदाई गरेको कम्पनीमा राजिनामा दिने श्रृंखला जिल्ला तहसम्म पुगेको छ ।
हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी मर्जरपछि बनेको नयाँ कम्पनीमा काम गर्ने वातावरण नभए पछि पाँच महिनाको अवधीमा चार जना बरिष्ठ कर्मचारीहरुले जागिर छोडिसकेका छन् भने जिल्ला शाखाबाट समेत राजिनामा आउने क्रम बढेको छ ।
दुई कम्पनी मर्जर गरिए पनि कर्मचारी समायोजनमा ध्यान नदिएका कारण तथा सिईओ बिजय शाहको कार्यशैलीका कारण कम्पनी छोड्ने क्रम बढेको हो । काम गर्ने वातावरण नभएपछि राजिनामा दिएका डेपुटी सिईओ थापाको औपचारिक विदाई गर्नुअघि कम्पनीले ठूलो मात्रामा कर्मचारीहरु माग गरेको थियो । यद्यपि काम गर्ने वातारण नभएका कारण डेपुटी सिईओमा खासै धेरै आवेदन नपरेको जनाइएको छ ।
कम्पनीमा लामो समयदेखि सचिवको रुपमा काम गर्दै आएका डेपुटी जनरल म्यानेजर ध्रुव न्यौपानेले समेत कम्पनी छोडिसकेका छन् । त्यस्तै एचआरकी अनिशा थपलियाले पनि कम्पनी छोडिसकेकी छिन् । यसैबीच, कम्पनीमा कार्यरत केही जिल्लाका शाखा प्रमुखहरुले समेत राजिनामा दिएका छन् । लगातार कम्पनी छोड्न क्रम बढ्दै जाँदा बीमा क्षेत्रकै पहिलो मर्जरपछि बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले राम्रो परर्फमेन्स दिन सकेको छैन ।
कम्पनीका सिईओ बिजय शाहको रुट व्यवहारका कारण कर्मचारीहरुले उत्साहप्रद काम गर्न नसकेको प्रतिक्रिया बीमा क्षेत्रमा फैलिएको छ । कम्पनी मर्जरपछि कर्मचारी समायोजनमा उचित ध्या नदिइएको कारण अप्ठेरो अवस्थाको सामना गरिरहेको हिमालयन जनरल इन्स्योरेन्स कम्पनीलाई नियामक निकाय बीमा प्राधिकरणले समेत आवश्यक मार्गदर्शन दिन सकेको छैन । अप्ठेरो अवस्थातर्फ अघि बढिरहेको पहिलो मर्जर असफल बन्दा त्यसको अपजस नियामक निकायतर्फ सोझिने कुरामा ध्यानदिनुपर्ने आवाज बीमा क्षेत्रमा उठिरहेको छ ।