छोराको जन्मदिनमा नेशनल लाइफको बीमा पोलिसी उपहार

१ पुष २०७९, शुक्रबार १५:१६

काठमाडौं । पछिल्लो समय उपहार स्वरुप जीवन बीमा पोलिसी खरिद गरिदिने प्रचलन बढिरहेको छ । विभिन्न अवसर जस्तै, जन्मदिन, विवाह, पास्नी, विवाह उत्सव जस्ता अवसरहरुमा आफ्ना नजिकका व्यक्तिलाई उपहार स्वरुप बीमा पोलिसी खरिद गरिदिने नयाँ ‘ट्रेन्ड’ नै चलेको छ ।

यसैबीच हेटौंडा–१७ मकवानपुरका दिपक घिमिरेले आफ्नो छोराको जन्मदिनमा उपहार स्वरुप बीमा पोलिसी उपहार दिएका छन् । खर्चिलो युबा पुस्तालाइ चुनौती दिदै ४२ बर्षका घिमिरेले आफ्नो छोरा रुपक घिमिरेको भबिस्यको लागि जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार दिएका हुन् ।

घिमिरेले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा छोरा रुपकको जीवन गराएका हुन् । अनावश्यक खर्च गर्नुभन्दा जन्मदिनको दिन पारेर कुनै शुभ कार्य गरौ भन्ने सोच राखी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गरिदिएको घिमिरेले बताए ।

थोरै थोरै बचतले समेत जोखिम बहनका साथै बोनस सहित भबिस्यमा ठूलो रकम हात पर्न जाने कुरा घिमिरेले बताए । ‘हामी युबा पुस्तामा जीवन बीमाको बारेमा सबैकुरा थाहा हुँदा हुँदैपनी अनावश्यक खर्च गरिरहेका हुन्छौ, घिमिरेले भने, ‘स–साचा खर्चलाई बचत गरेर बीमा गराउन सकेको खण्डमा भबिस्यमा निश्चय नै कुनै ठूलो कार्य गर्न सकिन्छ ।’ उनले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*