बीमा प्राधिकरणमा गुनासो सुन्ने अधिकारीमा उप निर्देशक बिरोध भट्ट

२९ मंसिर २०७९, बिहीबार २१:०१

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणको गुनासो सुन्ने अधिकारीमा उप निर्देशक विरोध भट्टलाई तोकिएको छ । बीमा प्राधिकरणले बीमा ऐन २०७९ अनुसार गुनासो सुन्ने अधिकारीको रुपमा उप निर्देशक भट्टलाई तोकिएको जनाएको छ ।

त्यस्तै, उप निर्देशक भट्टसँगै सहायक निर्देशक रञ्जिता केसीलाई बैकल्पिक गुनासो सुन्ने अधिकारीको रुपमा तोकेको आज प्रकाशिच सूचनामा जनाइएको छ । दुवै जना कानुन विभागका कर्मचारीहरु हुन् ।

बीमा प्राधिकरणको हिजो मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले नै भट्टलाई गुनासो सुन्ने अधिकारीको जिम्मेवारी तोकेको हो । उनले बीमितका गुनासाका अतिक्ति बीमा अभिकर्ता तथा सर्भेयरका गुनासोहरु सम्बोधन गर्नेछन् ।

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*