ठगी काण्डमा ग्रीनहिल सिटीका निर्देशक ठाकुर भट्टराई पक्राउ, लाेहनी फरार
काठमाडौं । घरजग्गा व्यवसाय गर्दै आएको ग्रीनहिल सिटीका निर्देशक ठाकुर भट्टराई पक्राउ परेका छन् । पीडित शान्ता शर्मासँग दुई करोड तीन लाख रुपैयाँ पाँच वर्ष अघि नै लिई अहिले घर अर्कैलाई बिक्री गरेको फेला परेपछि ग्रिनहिल सिटीका निर्देशक भट्टराई पक्राउ परेका हुन् । उनलाई सिंहदरवार प्रहरी बृत्तमा पुर्याईएको छ । २०७५ साल पुस २९ गते शान्ता शर्मासँग दुई करोड तीन लाख रूपैयाँ लिई घर बिक्री गरेको कम्पनीले एक बैंकको ऋण समेत दुरूपयोग गरेको थियो । टेकुस्थित ग्रिनहिल सिटीको कार्यालयबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी आएको थाहा पाएपछि ग्रिनहिल सिटीका मुख्य सञ्चालक भेषराज लोहनी भने फरार भएका छन् । …………… अपडेटः ठगी काण्डमा पक्राउ परेका भट्टराईलाई शुक्रबार छलफल गरेर पीडितको रकम भुक्तानी गर्ने प्रतिबद्धता जनाएपछि आजको लागि रिहा गरेको छ । उनीहरुले बैंकिङ कसुर सम्बन्धी अपराध गरेकोले मुद्दा चल्ने सम्भावना समेत बलियो छ । ग्रिनहिल सिटीको खण्डन उपरोक्त सम्बन्धमा यस ग्रिन हिल सिटी प्रा.लि. को बारेमा त्यस बिमापोष्ट (www.beemapost.com) पत्रिकामा २८ भाद्र २०७९ मा ग्रिन हिल सिटीद्वारा सेञ्चुरी बैंकबाट लिएको कर्जा दुरुपयोग, बैंकिङ कसुरमा ६ वर्षसम्म कैद सजाय हुनसक्ने’ भन्ने शिर्षक राखी र २९ मङ्सिर २०७९ मा ‘ठगी काण्डमा ग्रिन हिल सिटीका निर्देशक ठाकुर भट्टराई पक्राउ, लोहनी फरार’ शिर्षक राखी समाचार प्रेषित गरेकोमा गम्भीर ध्यानाकर्षण भएको … Continue reading ठगी काण्डमा ग्रीनहिल सिटीका निर्देशक ठाकुर भट्टराई पक्राउ, लाेहनी फरार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed