रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा, भोलिदेखि नै कारोबारमा आउने

२८ मंसिर २०७९, बुधबार १५:२०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एक जीवन बीमा कम्पनकिो शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले आज रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरिदिएको हो ।

रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स मर्जरमा जाने सम्झौता भएसँगै नेप्सेले यी दुवै कम्पनीको शेयर कारोबार रोक्का राखेको थियो ।

नेप्सेले आज रिलायन्स लाइफको आधारभूत शेयरधनीको शेयर बाहेकको शेयरधनीको शेयर कारोबार फुकुवा गरिदिएको हो । सो पश्चात् कम्पनीको शेयर भोलिदेखि नै कारोबारमा आउनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*