काभ्रे बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुुग्यो, घाइतेको उपचार हुँदै

२७ मंसिर २०७९, मंगलवार २०:५७

अपडेटः22:20
काठमाडौं । आज साँझ काभ्रेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको प्रहरीले जनाएको छ । घाइतेहरुको उपचार भइरहहेको । घाइतेहरुको उपचार गरिएको शिर मेमोरियल अस्पताल र जिल्ला अस्पतालमा उक्त शवहरु राखिएको छ । मृतकको सनाखत हुन बाँकी छ । मृतकहरु एउटै गाउँका भएको जनाइएको छ ।

…………………………………

काठमाडौं । आज साँझ काभ्रेमा भएको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काठमाडौंका अनुसार काभ्रेको बेथानचोक गाउँपालिका–४ मा यात्रुबाहक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको हो । गाउँपालिकाको वडा नं ४ स्थित चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा मंगलबार साँझ ६ बजेको समयमा बा ३ ख ४३८५ बस दुर्घटनाग्रस्त हुँदा ठूलो धनजनको क्षति भएको हो ।

बनेपा नगरपालिका वडा नं ११ बाट ब्रतबन्धका लागि गाउँपालिकाको वडा नं ५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए ।

घाइतेहरुको शिर मेमोरियल अस्पताल र जिल्लाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अध्यक्ष अधिकारीका अनुसार शिर मेमोरियलमा १४ जनाको उपचार भइरहेको छ ।

 

घटनामा २० जना भन्दा बढि घाइते भएका छन् । स्थानीय प्रत्यक्षदर्शीका अनुसार मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने छ । बस पल्टिएर यात्रुहरु किचिएको अवस्थामा रहेको र केहीबेर अघि मात्रै स्काभेटरको सहायतामा निकालिएको जनाइएको छ ।  -तस्विर सौजन्यः सामाजिक सञ्जाल

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*