नेशनल लाइफ, नेपाल लाइफ र एलआइसी नेपाल ‘वेस्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर’ अवार्डबाट सम्मानित

२७ मंसिर २०७९, मंगलवार १७:००

काठमाडौं । तीन ठूला जीवन बीमा कम्पनी ‘बेस्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर २०२२’ अवार्डबाट सम्मानित भएको छ । नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले उक्त अवार्ड प्राप्त गरेका हुन् ।

मंसिर २६ गते आयोजित एक विशेष कार्यक्रममा बीचमा जीवन बीमा कम्पनीतर्फबाट यी तीन कम्पनीलाई सम्मान गरिएको हो । ‘न्युजबिज अवार्ड फर बेस्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी अवार्ड २०२२’ बाट देशकैं ठूलो जीवन बीमा कम्पनीका रुपमा यी तीन कम्पनीलाई सम्मान गरेको हो ।

नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ, नेशनल लाइफ र एलआइसी नेपाल कम्पनीलाई न्यू बिजनेश एज प्रालिले सोमबार आयोजित सातौं न्यूबिज बिजनेस कन्क्लेभ एण्ड अवार्डमा अन्तरगत ‘वेस्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी’ अवार्डको दाबेदार घोषित गरेको छ । यस अवार्ड विभिन्न वित्तीय तथा गैर–वित्तीय मापदण्डहरूको आधारमा निर्धारण गरिएको छ र आयोजकहरूद्वारा नियुक्त निर्णायक मण्डलले निर्णय गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*