रिलायन्स लाइफद्वारा सुदुरपश्चिममा मेडिकलसँग अन्डरराइटिंग सम्बन्धी सम्झौता
२७ मंसिर २०७९, मंगलवार १५:२८
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले सुदुरपश्चिममा मेडिकल अन्डर राइटिंगको लागि विभिन्न अस्पताल तथा प्याथोलोजी ल्याबसँग सम्झौता गरेको छ ।
कम्पनीले धनगढी स्थित के.जी. हस्पिटल अत्तरिया स्थित अत्तरिया अस्पताल , महेन्द्रनगरस्थित लाइफ केयर प्याथोलोजीका साथै लाल रत्न अस्पताल, लम्कीसँग पनि मेडिकल अन्डर राइटिंग को लागि सम्झौता गरिएको हो । कम्पनीका ग्राहकवर्गलाई छिटो ,छरितो र विश्वासिलो मेडिकल चेक–अप सुविधा प्राप्त होस् भनि सो सम्झौता गरिएको कम्पनीले बताएको छ ।
उक्त सम्झौता कार्यक्रममा कम्पनीका तर्फबाट अन्डराइटिङ विभाग प्रमुख एकराज पाठक, रिजनल मेनेजर ललित बहादुर साउदका साथै कम्पनीका स्थानीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।