सहारा सहकारीले १६ प्रतिशत नाफा बाड्ने

२३ मंसिर २०७९, शुक्रबार १७:३७

काठमाडौं । देशभर सहकारीहरु जटिल समस्यामा गुज्रिरहेको बेला झापाको एक सहकारीले आफ्ना सदस्यलाई १६ प्रतिशत नाफा बाड्ने भएको छ ।

झापा चारपानेमा केन्द्रिय कार्यलय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (सहारा साकोस) ले गत आर्थिक बर्षको नाफाबाट १६ प्रतिशत नाफा बाड्ने भएको हो । देशभर तरलता अभावसँग धेरै सहकारीहरु जुधिरहेको बेला आफ्नो बित्तिय अवस्था मजबुत रहेको भन्दै सहाराले गत बर्षको नाफाबाट सो बराबरको नाफा बाड्न प्रस्ताव गरेको हो ।

अहिले सहाराका बिभिन्न सेवा केन्द्रहरुमा गरिरहेको साधारणमा सभामा प्रस्तुत गरिएको बार्षिक प्रगति प्रतिबेदनमा सो कुरा उल्लेख गरिएको छ । सहकारीका सदस्य सचिव तथा सिइओ महेन्द्र कुमार गिरीद्धारा प्रस्तुत बार्षिक निति तथा कार्यक्रममा शेयर सदस्यलाई १६ प्रतिशत नाफा बाड्नुको साथै संरक्षित पुँजीकोषको रकमबाट सुबिधा बितरण गरिने उल्लेख छ ।

सहाराका बिभिन्न जिल्लाहरुमा अहिले सेवा तथा उपसेवा केन्द्रहरुको साधारण सभा चलिरहेको छ । त्यस अन्तर्गत दमकमा शुक्रबार ८ वटा सेवा तथा उपसेवा केन्द्रहरुको साधारण सभा सम्पन्न भयो । यहाँ दमक, मंगलबारे, पथरी, सिजुवा, रंगेली, रमाईलो, गौरीगंज र गौरादहको एकसाथ साधारण सभा सम्पन्न भएको छ ।

सभामा सहाराका संचालक शंकर प्रसाद रिजालले अध्यक्षको प्रतिबेदन, संचालक बिन्दु श्रेष्ठले निति तथा कार्यक्रम प्रतिबेदन, लेखा सुपरिबेक्षण संयोजक उपेन्द्र प्रसाद ओलीले लेखा प्रतिबेदन र गोपाल भट्टराईले अडिट रिपोर्ट सार्वजनिक गरेका थिए । दमक नगरपालिकाका उपमेयर रेगिना भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सभापतित्व सहाराका कोषाध्यक्ष डम्बर देउजाले गरेका थिए । दमक सेवा केन्द्रका प्रमुख डम्बर प्रधानद्धारा संचालित कार्यक्रममा दमक सेवा केन्द्रका संयोजक केपी भट्टराईले स्वागत मन्तब्य राखेका थिए ।

सहाराले झापा, मोरङ, सुनसरीसहित ६ जिल्लामा रहेका ८० भन्दा बढी सेवा केन्द्रमार्फत आर्थिक कारोबार गरिरहेको छ । कार्तिक मसान्तसम्म सहारामा १ लाख ६० हजार सदस्य, १ अर्व ६३ करोड शेयर पुँजी, बिभिन्न कोषहरुमा २ अर्व, तरलता रकम १ अर्व ८८ करोड, १२ अर्व ५४ करोड ऋण लगानी रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*