नेपाल हस्तकला महासंघको १९ औ हस्तकला व्यापार मेला सुरु

२३ मंसिर २०७९, शुक्रबार १७:२७

काठमाडौं । नेपाल हस्तकला महासंघको १९ औ हस्तकला व्यापार मेला तथा १७ औ हस्तकला प्रतियोगिता सुरु भएको छ । सो प्रतियोगिता काठमाडौंको होटल हयात रिजेन्सी, बौद्धमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकि हुन ।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले आफ्नो पहिचान र देशलाई विश्व जगतमा चिनाउने कलाहरु प्रस्तुत गरेका छन् । विदेशी पर्यटनलाई नेपालमा आकर्षित बनाउने र देशको कला संस्कृतिलाई विश्व जगतसामु चिनाउने प्रमुख आधार हस्तकला रहेको नेपाल सरकारका पर्यटनमन्त्री जीवन राम श्रेष्ठले बताए । सो प्रतियोगितामा देशका विभिन्न क्षेत्रमा हस्तकलाबाट ठुलो मात्रामा आयात गरेर पहिचान बनाएका व्यापारीलाई राष्ट्रपति भण्डारीबाट सम्मानपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले हस्तकला व्यापारले देशका धेरै युवा जनशक्तिलाई रोजगारको हिस्सा भएको र यसमा लगानी गर्ने व्यापारलाई सरकारको तर्फबाट सहयोग रहने बताए ।

उक्त कार्यक्रम राष्ट्रपति बिद्यादेबी भण्डारीको प्रमुख अतिथ्थ रहेको थियो । त्यस्तै बाग्मती प्रदेशका मुख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डे, नेपाल सरकारका नागरिक उड्डययन तथा पर्यटन मन्त्री जीवन राम श्रेष्ठ, नेपाल पत्रकार महासंघका पुर्वअध्यक्षहरु लगायत आम व्यापारी र जनता तथा प्रदर्शनकारीको बाक्लो उपस्थिति रहेको थियो ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*