सिटिजन लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी भुक्तानी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको दुलेगौँडा शाखाले दुर्घट्ना म्यादी जीवन बिमा अन्तर्गत मृत्यु दाबी भुक्तानी गरेको हो ।
गत भदौ ३१ गते राती १०ः५० बजे भिमाद–५ मिछलुङस्थित मडुवामा सवारी दुर्घट्नामा परी मृत्यु भएका स्याङ्जा हरिनास–५ बस्ने बर्ष ४० का केशवबहादुर थापा मगरको हकवालालाई रकम कम्पनीले बीमा वापतको रकम हस्तान्तरण गरेको हो ।
थापा शुक्लागण्डकी–५ स्थित गल्छिनामा संचालित मल्ल सिरक डसना उद्योगमा सवारी चालकको रुपमा कार्यरत थिए । उद्योगले आफ्ना ११ जना कर्मचारीको ६ हजार ३३९ रुपैयााको सामुहिक म्यादी बिमा गरेकोमा उक्त दाबी भुक्तानी रकम २ लाख ५ हजार रुपैयाँ भुक्तानी गरेको हो । जसमा बीमाङ्क रकम १ लाख, दुर्घट्ना मृत्यु बिमा १ लाख र काजकिरिया खर्च ५ हजार गरी एकमुष्ट रकम हस्तान्तरण गरिएको हो ।
बुधबार थापाका हकवाला श्रीमती पुर्णमाया थापा मगरलाई उक्त रकम वडाध्यक्ष दीर्घबहादुर थापा र शाखा प्रबन्धक रुबि महतले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । कार्यक्रममा उद्योग संचालक इश्वर मल्ल, सिनियर एजेन्सी म्यानेजर सुनिता थापा, भक्तबहादुर बस्नेत, सुस्मिता खड्का लगायत सहभागी थिए