सानिमा लाइफ इन्स्योरेन्स कम्पनी छैठौं वर्षको प्रवेश, मर्जरअघि अन्तिम बार्षिकउत्सव मनाँउदै

२३ मंसिर २०७९, शुक्रबार १२:२७

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी छैठौं वर्षको प्रवेश गरेको छ । कम्पनीले आफ्नो स्थापनको पाँचौ वर्ष सफलतापुर्वक पार गरी छौंठै वर्षमा प्रवेश गरेको हो । कम्पनीले स्थापनको छोटो समयमा नै आफ्नो व्यवसाय विस्तारलाई तिव्र रुपमा अगाडी बढाउन सफल भएको छ ।

कम्पनीले पांचौ वार्षिकोत्सव मनाइरहदा सबै ग्राहक, व्यक्तिगत तथा संस्थागत अभिकर्ता, शेयरधनी, नियमनकारी निकाय, शुभचिन्तक लगायत सबै सम्बन्धीत निकायहरु तथा सरोकारवाला पक्षको साथ र सहयोगका लागि आभार व्यक्त गरेको छ । कम्पनीले आगामी दिनमा पनि सबैबाट यस्तै साथ र सहयोगको अपेक्षा समेत गरेको छ ।

कम्पनीले आफ्ना बीमितहरुलार्य छिटो छरिदो तथा भरपर्दो रुपमा बीमा सेवा प्रदान गर्दै आएको छ । आगामी दिनमा अझ ग्राहकमैत्री उत्कृष्ट बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।कम्पनीले नियामक निकायले दिएको न्युनतम चुक्ता पूँजी ५ अर्ब पुर्याउन निर्देशन दिए सँगै सानिमा लाइफले रिलायन्स लाइफ सँग मर्जर गर्ने सहमति गरेको छ । मर्जरका सम्पुर्ण प्रकृयाँ अन्तिम चरणमा पुगिसकेको छ । कम्पनीले रिलायन्स लाइफ सँग बराबरी हैसियतमा मर्जर गर्न थालेको हो ।
मर्जर पछि कम्पनीमा नयाँ सुधार हुने देखिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*