सिटिजन लाइफ इन्स्योरेन्सको प्रधान कार्यालय स्थानान्तरण
२३ मंसिर २०७९, शुक्रबार १२:१८
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो प्रधान कार्यालय स्थानान्तरण गरेको छ । कम्पनीले काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.१२, अम्बे कम्प्लेक्स, टेकुमा रहेको प्रधान कार्यालय स्थानान्रण गरेको हो ।
सिटिजन लाइफले सो स्थानमा रहेको प्रधान कार्यालय काठमाडौं महानगरपालिका वडा नं. ११ स्थित एलएल भवन, थापाथली, काठमाडौंमा स्थानान्तरण गरेको जनाएको छ ।