नेशनल लाइफ तानसेन शाखाद्धारा करिब २२ लाख रुपैयाँ हस्तान्तरण
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको तानसेन शाखाले करिब २२ लाख रुपैयाँको बीमा दावी भुक्तानी बापतको रकम हस्तान्तरण गरेको छ । गत कार्तिक १३ गते नवलपुरको बुलिङटारमा बस दुर्घटनामा निधन भएका पाल्पा जिल्लाको रम्भा गाउँपालिका १, गैरी घर भएका तारा बहादुर विककी आश्रित परिवारलाई बीमा दावी भुक्तानी बापतको रकम २१ लाख ७६ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारी, रम्भा १ का वडा अध्यक्ष ईश्वर काफ्लेको उपस्थितिमा नेशनल लाईफ ईन्स्योरेन्स तानसेन शाखा प्रमुख उमापति गैरेले मृतककी श्रीमती माया विकलाई चेक हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा कम्पनीका अभिकर्ता सुब्बा नेपाली, नेशनल लाईफ रामपुर शाखाका प्रमुख गोविन्द प्रसाद भट्टराई लगायतका स्थानीयबासीको उपस्थितिमा बीमा रकम हस्तान्तरण गरिएको हो । कार्यक्रममा बीमाको महत्व र कुनै दुर्घटना परेका बखत भावविह्वल परिवारर्ला आर्थिक राहत दिने विषयमा चर्चा भएको थियो ।