कात्तिक महिनामा जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन ८ अर्बमाथि, संस्थानसँगै आइएमई लाइफको देखियो प्रगति

२२ मंसिर २०७९, बिहीबार १६:३३

काठमाडौं । जीवन बीमा कम्पनीहरुले कात्तिक महिनामा ८ अर्ब २१ करोड २९ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार असोज महिनाको तुलनामा जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन १०.१९ प्रतिशतले बढेको छ ।

असोज महिनामा जीवन बीमा कम्पनीहरुले नविकरणमार्फत ७ अर्ब ४५ करोड ३७ लाख रुपैयाँ प्रिमियम कलेक्शन गरेका थिए । असोज महिनाको तुलनामा १२ जीवन बीमा कम्पनीको नविकरण बीमाशुल्क आर्जन बढेको छ भने बाँकी ७ कम्पनीको घटेको छ ।

एक महिनाको अन्तरालमा सबैभन्दा नविकरण बीमाशुल्क आर्जनमा प्रगति गर्ने कम्पनीमा राष्ट्रिय बीमा संस्थान रहेको छ । असोज महिनामा नविकरणमार्फत २४ करोड ६६ लाख रुपैयाँ प्रिमियम कलेक्शन गरेको संस्थानले कात्तिक महिनामा ३०.७८ प्रतिशतले बढाएर ३२ करोड २७ लाख रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेको छ ।

त्यस्तै, एक महिनाको अन्तरालमा नविकरणमार्फत प्रिमियम कलेक्शनमा दोस्रो प्रगति गर्ने कम्पनीमा आइएमई लाइफ रहेको छ । कम्पनीले कात्तिक महिनामा १८ करोड ९४ लाख रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेको छ । जुन यो अघिल्लो महिनामो तुलनामा २५.७२ प्रतिशत बढी हो । असोज महिनामा कम्पनीले १५ करोड ६ लाख रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेको थियो ।

त्यस्तै, नेपाल लाइफले पनि एक महिनामा नविकरण बीमाशुल्क आर्जनमा २२.४६ प्रतिशतले बृद्धि गरेको छ । साथै जीवन बीमा ब्यवसायमा उल्लेख्य विस्तार गर्दै सानिमा लाइफले पनि एक महिनाको अन्तरालमा १९.८३ प्रतिशतले प्रगति गरेको छ । साथै, गुँरासले १९.३८%, सन नेपालले १७.८०%, युनियनले १६.०६%, सूर्याले १५.९१%, प्राइमले १३.६१%, महालक्ष्मीले १२.०५%, मेटले ११.३३% र एशियनले ९.८६% ले प्रगति गरेको छ ।

एक महिनामा नविकरण बीमाशुल्क आर्जन घट्ने ७ कम्पनी
असोज महिनाको तुलनामा कात्तिक महिनामा ७ जीवन बीमा कम्पनीको नविकरण बीमाशुल्क आर्जन घट्न पुगेको छ । जसमा सबैभन्दा बढी रिलायबल नेपाल लाइफको १८.४३ प्रतिशतले घटेको छ ।

त्यस्तै, सिटिजन लाइफको ८.७० प्रतिशत, रिलायन्स लाइफको ७.६१ प्रतिशत, ज्योति लाइफको ३.७२ प्रतिशत, एलआइसी नेपालको २.७२ प्रतिशत, नेशनल लाइफको ०.३७ प्रतिशत र प्रभु लाइफको ०.२९ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*