नेपालगन्जमा नेशनल लाइफको भव्य भवन बन्दै, अध्यक्ष सिंह र सिईओ खत्रीद्धारा शिलान्यास
नेपालगन्ज । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नेपालगन्जमा निर्माण गर्न लागेको अत्याधुनिक सुविधा सम्पन्न भव्य भवनको आजबाट औपचारिक रुपमा शुभारम्भ गरिएको छ । आज बिहान ७ः३१ बजेको शुभ साईतमा कम्पनीकी अध्यक्ष प्रेमा राज्य लक्ष्मीबाट नयाँ भवन शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा अध्यक्ष सिंह सहित अन्य सञ्चालकहरु, संचालक समितिको टिम, कम्पनीका कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री, पूर्व सिईओ एवं कम्पनीका सल्लाहकार भरत बस्नेत तथा कार्यालय प्रमुखहरुका सिनियर एजेन्सी टिमको उपस्थिति रहेको थियो ।
नेपालगन्जस्थित सुर्खेत रोडमा रहेको करिब साढे चार कठ्ठा जमिनमा नयाँ भवन आज शिलायन्स गरेको छ । सात तल्लो भवनको कूल लागत ३५ करोड रुपैयाँ अनुमान गरिएको तुँदि कन्ट्रक्सन र जम्बुदिप कन्ट्रक्सनले ज्वाईन्ट भेन्चरमा निर्माण गर्न लागेको सो भवन अण्डरग्राउण्ड पार्किङ सहित अत्याधुनिक प्रविधिसहित निर्माण भएपछि हस्तान्तरण हुनेछ ।
कम्पनीले नियामक निकाय बीमा समितिबाट स्वीकृत लिई भवन निर्माण सुरु गरेको हो । व्यापारिक भवनमा कम्पनीको कार्यालयको अतिक्ति अन्य व्यापारिक कार्यालयहरु समेत सञ्चालन गर्न सहज हुनेछ भने नेपालगन्जकै नमुना भवनको रुपमा कम्पनीको नयाँ भवन निर्माण गरिएको हो ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी देशकै ठूलो बीमा कम्पनी मध्येको एक हो । पछिल्लो समयमा तीव्र प्रगति गर्दै अघि बढिरहेको नेशनल लाइफले ५२ अर्बभन्दा बढि जीवन बीमा कोषमा संचिती गर्दै अघि बढिरहेको कम्पनी हो ।