सिटिजन लाइफद्धारा घातक रोग बापतको ५ लाख बीमा दाबी भुक्तानी

२२ मंसिर २०७९, बिहीबार १२:४१

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तम्घास शाखाले (प्यारालाइसिस) घातक रोग बापत पाँच लाख उपचार खर्च दिएको छ । कम्पनीले उपचार बापतको ४ लाख रुपैयाँ बीमितलाई हस्तान्तरण गरेको हो ।

प्युठान गौमुखी गाउँपालिका वडा नम्बर २ घर भएका नरजित राना मगरले ३ हजार ७ सय ८ रुपैयाँ बराबरको बीमा गरेका थिए । उनी वैदेशिक रोजगारको सिलसिलामा साउदी अरवियामा काम गर्दै गर्दा उनलाई प्यारालाइसीस भई नेपाल फर्केका थिए । हाल उपचारकै क्रममा रहेका उनलाई सिटिजन लाइफले कर कट्टा गरी जम्मा ४ लाख ७५ हजार १८५ रुपैयाँ प्रदान गरेको छ ।

नरजितले भने ‘मलाई थाहा पनि थिएन पछि फाइल हेर्दा देखे बुझाएको पैसा मात्र पाइन्छ भन्दै कार्यालयमा आएको थिए तर यति सजिलै यत्रो पैसा पाउला भनेर सोचेको पनि थिएन यो पैसाले उपचारको लागी काठमाण्डौ जादै छु आसा छ अब छिट्टै निको हुने छु ’।

अझै पनि धेरै मानिसहरूको बुझाइमा व्यक्तिको मृत्यु पश्चात मात्र बीमाले पैसा दिन्छ भन्ने भ्रम रहेको र उक्त भ्रमलाई चिर्दै ठुला ठुला घातक रोग लागेर उपचार गर्न नसक्दा व्यक्ति मर्न नपरोस भनेर पनि बीमा गर्नु जरुरी रहेको तम्घास शाखा प्रमुख विजय मरासिनीले जानकारी दिए।

साथै यो भन्दा पहिला पनि सिटिजन लाइफ तम्घास शाखाले घातक रोग सम्बन्धी पाँच लाख उपचार खर्च मालिका गाउपालिका वडा नम्बर ५ निवासी कमला जि.सी. लाई प्रदान गरिसकेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*