सानिमा लाइफद्धारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामग्री हस्तान्तरण कार्यक्रम
काठमाडौं। सानिमा लाइफको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामग्री हस्तान्तरण गरेको छ।कम्पनीको पाँचौ बार्षिकोत्सवको अबसरमा कम्पनीको क्षेत्रीय कार्यलय कौशलटारले साहरा हेरचाह केन्द्र ,सल्लाघारी भक्तपुरमामा एक कार्यक्रम सहित सामग्री हस्तान्तरण गरेको छ।
सामग्री हस्तान्तरण कार्यक्रममा क्षेत्रीय प्रमुख बलराम खत्री ,सिओटी एन.बि.गुरुङ ,एमडिआरटीहरु दीपक राज गिरि,सुजिता कुमारी ,कमला मानन्धर र शाखा प्रमुख रन्जित झा लगायतको उपस्थिति रहेको थियो।
क्षेत्रीय प्रमुख खत्री का अनुसार कम्पनीले प्रधान कार्यलय सहित ८ क्षेत्रीय कार्यलयबाट कम्पनीको पाँचौ बार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व . अन्तर्गत यस्ता कार्यक्रम गरेको छ।
यो अबसरमा वृद्धअवस्थामा आमा बुबा सग समिपमा रहेर सहभागी हुँदा र केही सहयोग गर्न पाउँदा गर्बिलो महसुस भैरहेको खत्रीले बताएका छन् । सहारा हेरचाह केन्द्रका संचालक प्रचण्ड कारन्जितले सानिमा लाइफले गरेको यो सहयोग प्रती धन्यवाद व्यक्त गर्दै सहयोगले आफुमा उर्जा प्राप्त भएकोमा खुसी व्यक्त गरे।हाल ३५ जना बृद्धअबश्थाको ब्यक्तिहरुलाइ यस केन्द्रले हेरचाह गरिरहेको छ।