क्रेडिट रेटिङ गर्दै नेपाल पुनर्बीमा कम्पनी, डिडिए गर्न प्रस्ताव आह्वान

२१ मंसिर २०७९, बुधबार १८:११

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले क्रेडिट रेटिङ गर्ने प्रकृया सुरु गरेको छ । कम्पनीले वित्तिय जोखिमको पहिचान गर्न क्रेडिट रेटिङ गर्न लागेको हो ।
क्रेडिट रेटिङका लागि पुनर्बीमा कम्पनीले कम्पनीका संचालक दिप प्रकाश पाण्डेको सयोजंकत्वमा नयाँ समिति गठन गरेको छ। शेयर वा ऋणपत्र निष्कासनकर्ताका सम्बन्धमा जोखिमबारे अध्ययन गरिने सांकेतिक सूचकांकलाई क्रेडिट रेटिङ भनिन्छ ।

अर्को भाषामा भन्नुपर्दा निष्कासनको सर्तअनुसार निष्कासनकर्ताको ऋण (दायित्व) भुक्तान गर्ने क्षमता सम्बन्धमा निहित जोखिमबारे सरल र बुझ्न सकिने सांकेतिक सूचकका रूपमा क्रेडिट रेटिङ संस्थाले दिएको राय नै क्रेडिट रेटिङ हो ।

तर, क्रेडिट रेटिङ निष्कासनकर्ता कम्पनीको सर्वमान्य हुने किसिमको मूल्यांकन भने होइन । न त ऋणपत्र खरिद गर्ने, लिइराख्ने वा बिक्री गर्ने राय नै हो । नेपालमा निम्न अवस्थामा रेटिङ–ग्रेडिङ गर्नुपर्ने बाध्यकारी व्यवस्था छ । नेपाल पूनर्बीमा कम्पनीले (डिडिएका लागी ईच्छुक लेखा परिक्षण संस्थासँग प्रस्ताव आह्वान गरेको छ।

नेपाल चार्डर्ड अकाउण्टेण्ट संस्थाबाट लेखा परिक्षणको मान्यता प्राप्त संस्थालाई लेखा परिक्षकको बन्द सूचीमा सहभागी हुनको लागी नेपाल रिले प्रस्ताव आह्वान गरेको हो ।
कम्पनीले खोलेको आवेदनमा कम्तीमा पाँच वर्षदेखि लेखा परिक्षण सेवामा संलग्न रहेको लेखा परिक्षण संस्थाले आवेदन दिन पाउनेछन्। मंसिर १६ गते प्रकाशित सूचना अनुसार १५ दिनभित्र प्रस्ताव पेश गरिसक्नुपर्नेछ ।

प्रस्तावसँगै व्यवसाय दर्ता प्रमाण पत्र, नेपाल चार्टर्ड अकाउण्टेन्ट संस्थाबाट प्रमाण पत्र, स्थायी लेखा नम्बर, कर चुक्ता प्रमाण पत्र र अन्य आवश्यक कागजात सहित प्रस्ताव पेश गर्न आह्वान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*