सन नेपाल लाइफद्धारा मृत्यु दाबी बापतको रकम भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीको शाखा कार्यालय बिरगंजले आयोजित श्रद्धाञ्जली तथा घरदैलो मृत्युु दावी भुक्तानी कार्यक्रममा बौद्धीमाई ०२ रौतहट ईनर्वा निवासी स्वर्गिय राम प्रसाद पटेलको पत्नी कलपना देबीलाई १४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
उक्त कार्यक्रममा बिरगंज शाखाको शाखा प्रबन्धक श्रीराम प्रसाद को रोहवरमा सोही वडाका वडा अध्यक्षले सो चेक हस्तान्तरण गरेका हुन् स्वर्गिय राम प्रसादको बैदेशिक रोजगारी गएको बेला बिदेशमा करेन्ट लागेर मृत्युु भएकोले बैदेशिक रोजगारी म्यादी जीवन बिमा वापतको रकम बाराबरको चेक हस्तान्तरण गरिएको हो ।
उक्त कार्यक्रममा वडाका वडा अध्यक्ष, एरियाका ईलाका प्रहरी कार्यालयका प्रहरी ईन्चार्ज यस कम्पनीका बिरगंज शाखाका शाखा प्रबन्धक उपशाखा इन्चार्ज एजेन्शी म्यानेजर तथा गाउका भद्र भलादमीहरुको उपस्थिति थियो । यस कार्यक्रमा विभिन्न सजनहरु द्वारा बीमाको महत्व बारे प्रस्ट पारियो ।