लाइफ इन्स्योरेन्स कर्पोरेशनद्धारा बीमा दाबी रकम भुक्तानी
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको गोरखा शाखाले बीमितको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । भिमसेन थापा गाउँ पालिका –८ महादेबटारका स्वर्गीय श्याम बहादुर नेपालिको परिवारलाई मुत्यु दाबी भुक्तानी गरेको हो ।
नेपालिको श्रीमती मिश्री नेपालि लाई एलआईसी नेपालका गोरखा शाखा प्रमुख नवीन पाण्डेले बीमा वापतको ३ लाख ३६हजार रुपैयाँको मृत्युदाबीको चेक हस्तान्तरण गरेका हुन् ।
नेपालिको केही महिना अगाडी नसा सम्बन्धि समस्या बाट निधन भएको थियो । उनले एलआईसीमा २ बर्ष अगाडि ३ लाख रुपैयाँको जिवन बीमा गरेका थिए । दुई किस्ताको १७३४० ले ३४६८० रुपैयाँ कम्पनीलाई भुक्तानी गरेका थिए ।
कार्यक्रममा बोल्दै एलआईसी नेपालका गोरखा शाखा प्रमुख नवीन पाण्डेले जीवन बीमा भनेको बचत र सुरक्षा भयकोले मृत्युपछि पनि परिवारलाई आर्थिक रुपमा सहज हुने बताए । त्यसैले व्यक्तिले कमाएको ३० देखी ४० प्रतिशत सम्म आम्दानी बीमामा लगानी गर्दा राम्रो हुने बताए ।त्यस्तै गोरखा शाखाका वरिष्ठ एजेन्सी म्यानेजर शंकर बहादुर कुवर र मो फजल मियाले जीवन बीमाको महत्त्व र आबस्यकता माथी प्रकाश पारेका थिए ।