जीवन बीमा कम्पनीहरुलाई बीमा अभिकर्ताको प्रश्नावली प्राधिकरणमा पेश गर्न निर्देशन, पाठ्यक्रम बाहिर गए कार्वाही हुने
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई अभिकर्ताको प्रश्नपत्र पेश गर्न निर्देशन दिएको छ । प्राधिकरणले सार्वजनिक गरेको पाठ्यक्रम बाहिर गए जीवन बीमा कम्पनीहरुलाई कार्वाही गर्ने चेतावनी समेत दिएको छ। ।हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले प्रश्नपत्र निमार्ण गर्दा प्राधिकरणले सार्वजनिक गरेको पाठ्यक्रम बमोजिम तयार पार्नुपर्ने हुन्छ ।
यदि प्रश्नपत्र पाठ्यक्रम बाहिर गएर बनाएको पाईएमा बीमा ऐन अन्तर्गत कार्वाही गर्ने पक्षमा बीमा प्राधिकरण रहेको छ।हाल जीवन बीमा कम्पनीहरुलाई नै प्रश्नपत्र बनाएर परिक्षा लिन निर्देशन दिएको प्राधिकरणले प्रश्नावली निरिक्षण गर्न यस्तो निर्देशन दिएको हो ।प्राधिकरणको आइआरएमएस सफट्वयरमार्फत लिईने परिक्षाको खाका तयार नभईसकेको कारण हाललाई बीमा कम्पनीहरुलाई नै बीमा अभिकर्ताको परिक्षा लिन निर्देशन दिएको हो ।
प्राधिकरणले जीवन बीमा कम्पनीमा आवद्ध अभिकर्ताको पाठ्यक्रम तयार गरेर दिईसकेको छ । सो बमोजिम हाल परिक्षा लिईरहेको छ वा छैन भनेर प्राधिकरणले उक्त प्रश्नपत्र बीमा प्राधिकरणमा पेश गर्न निर्देशन दिएको हो ।
त्यस्तै, प्राधिकरणले प्रश्नपत्रको रोष्टरको लागि समेत आह्वान गरिसकेको छ। नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताहरुको पुरानो पाठ्यक्रममा नयाँ बीमा ऐन समेत समेट्ने गरि तयार पारेको हो । यसअघि बीमा अभिकर्ताहरुले तालिम लिएर योग्य भएपछि लाईसेन्स लिने व्यवस्था रहेको थियो ।
बीमा ऐन, २०७९ को दफा ९२ को उपदफा ९२० मा ‘बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नु अघि तोकिए बमोजिमको परीक्षा उत्तिर्ण गरेको हुनुपर्नेछ’ भन्ने व्यवस्था उल्लेख रहेको छ । उक्त व्यवस्था अनुसार प्राधिकरणले अर्को निर्णय नभएसम्मको लागि बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने अधिकार दिएको छ ।
परीक्षाको अङ्कभार १०० र उतिर्णाङ्क ५० हुनुपर्ने, प्रश्नहरु वस्तुगत हुनुपर्ने र प्रत्येक प्रश्नको अंकभार २ कायम गर्नु पर्ने प्राधिकरणले जनाएको छ ।अभिकर्तालाई परीक्षा उत्तीर्ण गरेको प्राप्ताङ्क सहितको प्रमाणपत्र उपलब्ध गराउनु पर्ने, परीक्षा सम्बन्धी काम कारवाहीको सम्बन्धमा प्राधिकरणले जुनसुकै समयमा अनुगमन गर्न सक्ने प्राधिकरणले जनाएको छ ।
२०७९ कात्तिक २२ भन्दा अघि बीमा अभिकर्ताको तालिम प्राप्त गरी इजाजत प्राप्त नगरेका व्यक्तिको हकमा समेत उपरोक्त बमोजिमको परीक्षा उत्तिर्ण गरेको हुनुपर्ने प्राधिकरणले जनाएको छ ।
यस्तो छ पाठ्यक्रम
१, जोखिम र जोखिम व्यवस्थापन
जोखिमको अर्थ, जोखिमको वर्गीकरण, बीमा योग्य जोखिम, संकट, खतरा र नोक्सानी, जोखिम व्यवस्थापनm जोखिम व्यवस्थापनको तरिका
इकाई २, बीमाको परिचय
बीमा, जीवन र निर्जीवन बीमाको उद्देश्य, बीमाको प्रकार, बीमाको फाइदा, बीमाको कार्य प्रणाली, बीमा र सम्भाव्यता
इकाई ३, बीमा अभिकर्ता
बीमा अभिकर्ताको परिचय, बीमा अभिकर्ताको प्रकार, बीमा अभिकर्ताको बीमक प्रतिको दायित्व, बीमा अभिकर्ताको बीमित प्रतिको दायित्व, बीमा अभिकर्ताको बीमक प्रतिको दायित्व, बीमकको बीमा अभिकर्ता प्रतिको दायित्व, बीमा अभिकर्ता बन्ने तरीका, बीमा अभिकर्ताको पेशागत महत्व, बीमा अभिकर्ताको खारेजी
इकाई, ४ बीमाको सिद्धान्त
परम सद्धविश्वासको सिद्धान्त, बीमायोग्य हितको सिद्धान्त, क्षतिपूर्तिको सिद्धान्त, निकटतम कारणको सिद्धान्त, प्रत्यासनको सिद्धान्त, योगदानको सिद्धान्त, जीवन बीमामा आंशकि वा पूर्ण रुपमा लागू हुने बीमाका सिद्धान्त
इकाई ५, बीमालेख
परिचय, जीवन बीमालेखहरुको प्रकार, बीमालेखको शब्दावली, शर्त तथा सुविधा, व्यक्तिगत तथा सामूहिक बीमा, पूरक करार, नाफामा सहभागी हुने र नहुने प्रकारको बीमा, बीमाशुल्क गणना तरीका
इकाई ६, जीवन बीमा सम्बन्धी कागजात
प्रस्ताव फाराम, केवाइसी फाराम, बीमाशुल्क भुक्तानी रसिद, बीमालेखको मूल कागज, सम्पुष्टी, राइडर, बीमाशुल्क भुक्तानी गर्ने वा नवीकरण गर्ने सूचना, बीमालेख पुनर्जागरण गर्ने फाराम, अन्य कागजात
इकाई ७, बीमाशुल्क र बोनस
बीमाशुल्क र बीमाशुल्क गणना, बोनस र बोनस गणना, चुक्ता मूल्य र चुक्ता मूल्य गणना, समपर्ण मूल्य र समर्पण मूल्य गणनाा, बीमालेखको धितोमा लिईने ऋण, बीमालेखको जफत, मृत्युदर तालिका
इकाई ८, जोखिमाङ्कन
परिचय, जोखिमाङ्कनको आधारमा जोखिमको वर्गिकरण, प्रारम्भिक जोखिमाङ्कन, वित्तीय र मेडिकल जोखिमाङ्कन, जोखिमाङ्कन प्रक्रिया, अभिकर्ताको गोप्य प्रतिवेदन, बीमित र अभिकर्ताको अनुगमन, आम्दानीको स्रोत, बीमितको पेशागत जोखिम, जोखिमाङ्कनमा प्रभाव पार्ने तत्वहरु, जोखिमाङ्कन निर्देशिका वा म्यानुअल, नोमिनेसन तथा एसाइन्मेन्ट
इकाई ९, दाबी
परिचय दाबी गर्ने प्रक्रिया, दाबी सम्बन्धी कागजात, दाबी भुक्तानीको प्रक्रिया, बीमा दाबी भुक्तानीाा अभिकर्ताको भूमिका, दाबी भुक्तानी निर्देशिका वा म्यानुअल, दाबीको प्रकार, मृत्यु दाबी, परिपक्व दाबी, सर्भाइभल दाबी, राइडर(पुरक करार)दाबी
इकाई, १० जीवन बीमाको बजारीकरण
अभिकर्ताको पशो, ग्राहक सेवा, बीमालेख बिक्री पछिको सेवा, बीमा दाबी पर्दाका बखतको सेवा, जीवन बीमाको बजारीकरण, उपभोक्ता व्यवहार, नैतिक बजारीकरण र यसको चुनौती, बीमालेखको गलत बिक्रि ९मिससेलिङ०, सर्वसारधारणप्रति बीमा अभिकर्ताको दायित्व
इकाई, ११ बीमा अभिकर्ता र कर
जीवन बीमामा कर छुटको दायरा, बीमा अभिकर्ताको पारिश्रमिकमा लाग्ने कर, बीमा अभिकर्ता र कर दर्ता प्रमाणपत्र
इकाई १२, बीमा सम्बन्धी कानूनी व्यवस्था
बीमा ऐन, २०७९, बीमा नियमावली, २०४९, बीमा अभिकर्ताको आचार संहिता, सम्पत्ति शुद्धिकरण सम्बन्धी निर्देशिका, बीम अभिकर्ता सम्बन्धी कानूनी व्यवस्था
इकाई, १३ बीमा बजार
नेपाल बीमा प्राधिकरण, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, बीमा अभिकर्ता, बीमा सर्भेय, तेस्रो पक्ष, सहजकर्ता, अन्य बीमा सेवा प्रदायक, बीमा सूचना केन्द्र, बीमित हित संरक्षण कोष, बीमा पुल, बीमा विकास