जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन झण्डै ३७ अर्ब रुपैयाँ, कुनको कति ? (तथ्याङ्कसहित)

२० मंसिर २०७९, मंगलवार १७:५०

काठमाडौं । जीवन बीमा कम्पनीहरुले कात्तिक मसान्तसम्म ३६ अर्ब ८९ करोड ४२ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ । बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार जीवन बीमा कम्पनीहरुले झण्डै ३७ अर्ब नविकरण बीमाशुल्क आर्जन गरेका हुन् ।

जसमध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले ११ अर्ब १४ करोड १८ लाख रुपैयाँ नविकरणमार्फत बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, बीमा ब्यवसायमा उल्लेख्य विस्तार गर्दै एलआइसी नेपालले ५ अर्ब ८ करोड ७४ लाख रुपैयाँ नविकरणमार्फत बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, एलआइसी नेपाललाई पछ्याउँदै नेशनल लाइफ इन्स्योरेन्सले पनि कात्तिक मसान्तसम्ममा ४ अर्ब ४० करोढ ६५ लाख रुपैयाँ नविकरणमार्फत प्रिमियम कलेक्शन गरेको छ । त्यस्तै, युनियन लाइफले २ अर्ब ९ करोड, एशियन लाइफले १ अर्ब ८३ करोड, राष्ट्रिय बीमा संस्थानले १ अर्ब ३० करोड, मेट लाइफले एक अर्ब ३० करोड, प्राइम लाइफले १ अर्ब २७ करोड, सिटिजन लाइफले १ अर्ब २२ करोड, सूर्या लाइफले १ अर्ब १८ करोड, गुराँस लाइफले ८७६ करोड, आइएमई लाइफले ८३ करोड, रिलायन्स लाइफले ७७ करोड, रिलायबल नेपाल लाइफले ६७ करोड, सन नेपाल लाइफले ६५ करोड, सानिमा लाइफले ५४ करोड, प्रभु लाइफले ५१ करोड र महालक्ष्मी लाइफले ३६ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*