जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन ९ अर्बमाथि, नेपाल, नेशनल र सन नेपाल अग्रस्थानमा, अन्यको अवस्था कस्तो ?

२० मंसिर २०७९, मंगलवार १७:१७

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको कात्तिक मसान्तसम्म्मा ९ अर्ब माथि प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले यस त्रैमासको अवधिसम्ममा ९ अर्ब ११ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यस त्रैमाससम्ममा नेपाल लाइफले सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा १ अर्ब ८ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

तेस्रोमा सननेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले यस अवधिसम्ममा ६८ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले ६७ करोड ९१ लाख रुपैयाँ, सिटिजन लाइफले ६० करोड २० लाख रुपैयाँ, सूर्या लाइफले ५३ करोड १८ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ४६ करोड ६५ लाख रुपैयाँ, एशियन लाइफले ४४ करोड ३६ लाख रुपैयाँ, ज्योति लाइफले ४१ करोड ३८ लाख र यूनियन लाइफले ४० करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, मेट लाइफले ३७ करोड रुपैयाँ, आइएमई लाइफले ३१ करोड रुपैयाँ, सानिमा लाइफले २६ करोड रुपैयाँ, प्राइम लाइफले २६ करोड रुपैयाँ, रिलायन्स लाइफले २४ करोड रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले १७ करोड रुपैयाँ, प्रभु लाइफले १६ करोड रुपैयाँ, महालक्ष्मी लाइफले १५ करोड रुपैयाँ र गुराँस लाइफले ७ करोड २४ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*