मेट लाइफ २२ औं वर्षमा, स्थापनाको २१ वर्ष पुगेको अवसरमा भव्य कार्यक्रम
काठमाडौं । विश्वकै अग्रणी बीमा कम्पनीहरु मध्ये एक, मेट लाइफले यस साता नेपालमा आफ्नो स्थापनाको २१ औं वार्षिकोत्सव भव्य रुपमा मनाएको छ। २२ औं वर्ष प्रवेश गरेको अवसरमा कम्पनीले विविध कार्यक्रमसहित बार्षिकोत्सव मनाएको हो। २१ औं वार्षिकोत्सवको अवसरमा बीमा सचेतना वाकाथनको आयोजना गरेको छ । शनिबार भएको यस ४.५ किलोमिटरको वाकाथनमा मेटलाइफका ३०० भन्दा बढी कर्मचारी र बीमा अभिकर्ताहरुले सहभागिता जनाएका थिए।
२०५८ साल मंसिर महिनामा पहिलो पटक नेपालमा कार्य सञ्चालन गरेदेखि नै मेटलाइफले थुप्रै बीमा सेवा तथा सुविधाहरुको शुरुवात, प्रतिभा विकासमा टेवा, तथा देश भरि छरिएका धेरै मानिसहरुलाई लघुबीमा मार्फत वित्तीय सुरक्षाबाट लाभान्वित गराई नेपालमा बीमा क्षेत्रको विकास र उन्नतिमा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको कम्पनी अविछिन्न रुपमा बीमितहरुको लागिको लागि काम गर्दै आएको छ ।
२१ र्औ बर्ष पूरा भएको अवसरमा कम्पनीका महाप्रबन्धक तथा नेपालका उपाध्यक्ष निर्मलकाजी श्रेष्ठले शुभकामना सन्देशमार्फत भनेका छन्, “संसार परिवर्तिनशील छ र निरन्तर परिवर्तन भइरहन्छ । यस परिवर्तनशील संसारमा एउटै स्थिर कुरा भनेकोे नेपालमा बसोबास गर्ने व्यक्ति, परिवार र समुदायलाई थप आत्मविश्वासी भविष्य निर्माण गर्न मद्दत गर्ने मेटलाइफको प्रतिबद्धता रहेको छ।”
मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठ नपालमा मेटलाइफको २१ औं सफल वर्षोत्सव मनाइरहँदा आफ्नो जीवनको हिस्सा बनाउने कम्पनीका ग्राहकप्रति कृतज्ञता व्यक्त गरेका छन् ।
कम्पनीलाई ग्राहकहरु प्रति गुणस्तरीय सेवा तथा उत्कृष्ट अनुभव प्रदान गर्न प्रोत्साहन तथा सक्षम बनाउन सहयोग गर्ने बीमा क्षेत्रका नियामक संस्थाहरु, खटिएका कर्मचारी तथा बीमा अभिकर्ता तथा अन्य व्यापार साझेदारहरुलाई पनि धन्यवाद व्यक्त गरेका छन् ।
५ डिसेम्बर २००१ मा आफ्नो सञ्चालन सुरु गरेको, मेटलाइफले हालै १० लाख भन्दा बढी मानिसहरुलाई जीवन बीमाद्वारा सुरक्षा प्रदान गर्दै आएको छ । मेटलाइफले ३१६ करोड भन्दा बढी दावीहरू भुक्तानी गरेको छ र ४५,००० भन्दा बढी जनशक्ति विस्तार गरेको छ । यसका साथसाथै, मेटलाइफले डिजिटलाइज्ड सेवाहरू, अद्वितीय बीमा समाधानहरू र क्यारियर विकास अवसरहरू मार्फत प्रतिभा वृद्धिलाई बढावा दिएर नेपालमा बीमा क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।
नेपालको जीवन बीमा क्षेत्रको विकासमा अग्रणी भूमिका खेल्दै आफ्ना ग्राहकहरुमाँझ अझ उत्कृष्ट सुरक्षा योजनाहरुका साथै प्रविधिमय अनुभवहरुको निरन्तर विकासमा अग्रसर रहिरहने उपाध्यक्ष तथा महाप्रबन्धक श्रेष्ठले प्रतिबद्धता जनाएका छन् ।
मेटलाइफले सँधैं व्यापारमा मात्र नभई आफ्ना ग्राहक, समुदाय र समाज कल्याणमा सकारात्मक प्रभाव पार्नस्क्ने प्रयासहरु गर्दै आएको छ भने नेपालको बीमा क्षेत्रमा थुप्र्रै नवीनतम् कार्यहरु मार्फत आफ्नो नेतृत्वको स्थान पनि स्थापित गरेको छ ।
देशमा बीमा विशेषज्ञताको विकास गर्न सन् २००२ मा कर्मचारी र एजेन्टहरुलाई अन्तर्राष्ट्रिय स्तरको जीवन बीमा प्रशिक्षण प्रदान गर्ने पहिलो बीमा कम्पनी ।
सन् २००३ मा पहिलो पटक शिक्षा सुरक्षा योजना शुरुवाता गरि बच्चा र अभिभावक दुवैका लागि बीमा सुरक्षा प्रदान गर्ने पहिलो बीमा कम्पनी ।
सन् २००९ मा लघुबीमा लागू गर्ने पहिलो बीमा कम्पनी ।
सन् २०१५ को भूकम्पको समयमा दावी भुक्तानी गर्ने पहिलो र सबैभन्दा धेरै दाबी भुक्तानी गर्ने पहिलो बीमा कम्पनी स्तर र पाठेघर क्यान्सर लगायत महिलाहरुलाई असर गर्ने प्रमुख गम्भिर रोगहरुमा सुरक्षा प्रत्याभूत गर्ने महिलाहरुको लागि विशेष सुरक्षा योजना “लाइफकेयर” शुरुवात गर्ने पहिलो बीमा कम्पनी ।
–ग्राहकहरुका लागि अनलाइन प्रीमियम भुक्तानी सुविधा प्रदान गर्ने पहिलो बीमा कम्पनी ।
यस बाहेक मेटलाइफले आफ्ना ग्राहक र साझेदारहरुलाई समग्ररुपमा सहज प्रविधिमैत्री अनुभव प्रदान गर्नका लागि डिजिटल सेल्स प्लेटफर्म, ग्राहक सेवाका लागि मोबाइल एप र दाबी जानकारीका लागि अनलाइल दाबी सूचना जस्ता पहलहरुको पनि विकास गरेको छ ।
मेटलाइफ नेपालका बारेमा
मेटलाइफको सहायक कम्पनीको रुपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ ईन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरुलाई जीवन बीमा, दूर्घटना तथा स्वास्थय बीमा, र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरु प्रदान गरिरहेको छ ।