प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ क्षेत्रकै नतिजा सार्वजनिक, कांग्रेस पहिलो दोस्रोमा एमाले

१९ मंसिर २०७९, सोमबार ११:०६

काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनतर्फ १६५ क्षेत्रकै नतिजा सार्वजनिक भएको छ । सोमवार बिहान दोलखा–१ को नतिजा सार्वजनिक भएसँगै प्रतिनिधिसभाको प्रत्यक्षतर्फका सबै निर्वाचन क्षेत्रका नतिजा आएको हो ।
निर्वाचनको नतिजा सकिएसँग प्रनिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सर्वाधिक ५७ सिटमा जित निकालेर पहिलो स्थान ओगटेको छ ।

यस्तै, नेकपा (एमाले)ले ४४, नेकपा (माओवादी केन्द्र)ले १८, नेकपा (एकीकृत समाजवादी)ले १०, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) नेपालले ७–७ सिट जितेका छन् । यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले ४, नागरिक उन्मुक्ति पार्टीले ३, जनमत पार्टी, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले १–१ निर्वाचन क्षेत्रमा जित हासिल गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*