एशियन लाइफ इन्स्योरेन्सको बोनस शेयर हितग्राही खातामा

१९ मंसिर २०७९, सोमबार १०:२४

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस शेयर आफ्ना शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ ।

कम्पनीले गत असोज १३ गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट पारित भएको १४.५० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीको डिम्याट खातामा जम्मा गर्न सुरु गरेको हो ।

असोज ३ गतेसम्म शेयर अभौतिकीकरण गराएका कम्पनीका शे्यरधनीहरुको बोनस शेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको र सो मितिपश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा क्रमशः उक्त बोनस शेयर जम्मा हुने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*