बीमा ऐनबाट बीमाको पहुँच अझ बृद्धि हुन्छ : नेशनल लाइफकी अध्यक्ष सिंह

१८ मंसिर २०७९, आईतवार १४:४९

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले बीमा ऐन २०७९ ले बीमा क्षेत्र थप नियमन हुने विश्वास ब्यक्त गरेकी छिन् ।

कम्पनीको ३४औं वार्षिक साधारण सभामा बोल्दै सिंहले लामो समयपश्चात बीमा ऐन लागू भएकोमा खुशी ब्यक्त गर्दै यसबाट नियमक निकायलाई बीमा क्षेत्र थप नियमन गर्न सहज हुने र बीमा क्षेत्र थप व्यस्थित भई बीमाको पहुँच अझ बृद्धि हुने बताइन् ।

साथै सोही सभामा अध्यक्षले विगतमा कोभिड १९ को महामारी सबैको लागि चिन्ताको विषय भए पनि हाल आएर कोभिड १९ विरुद्धको विस्तृत खोप एव घट्दो महामारीको प्रकोपको कारणले अर्थतन्त्र सुधारको अवस्थामा पुगी राष्ट्रिय अर्थतन्त्र सकारात्मक दिशा तर्फ गएको बताइन् ।

नियामक निकायले लिएको विभिन्न कदमहरुका कारणले आ.व.२०७७।०७८ मा बीमाको पहुंचमा उल्लेखनीय बृद्धि भएको र नेपाल सरकार र नियामक निकायको सहयोगात्मक नीतिहरुका कारणले गर्दा बीमा बजार आउने दिनहरुमा थप फस्टाउने आशा गरिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*