आइएमई लाइफ इन्स्योरेन्सको तीन दिने स्किल डेभलपमेन्ट तालिम भव्यताका साथ सम्पन्न
१८ मंसिर २०७९, आईतवार १२:४७
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडको सिनियर एजेन्सी म्यानेजरहरुको तीन दिने स्किल डेभलपमेन्ट तालिम चितवनमा सम्पन्न भएको छ। कम्पनीका सिईओ कवि फुयाँलको प्रमुख अतिथिमा एजेन्सी म्यानेनजरहरुको व्यक्तित्व र सीपको विकासको लागि कम्पनीले आयोजना गरेको तीन दिने तालिम भव्यताका साथ सम्पन्न भएको हो ।
देशैभरीका उत्कृष्ट एजेन्सी म्यानेनजरहरुको उपस्थितीमा कम्पनीले चितवनको सौराहामा मंसिर १४ गतेदेखि १६ गतेसम्म तालिम सम्पन्न गरेको हो ।
सिनियर एजेन्सी म्यानेजरहरुको स्किलको विकास गर्ने उदेश्यले कार्यक्रम आयोजना गरेको कम्पनीले जनाएको छ। तीन दिने तालिममा १५० जना सिनियर एजेन्सीहरुको सहभागिता रहेको थियो । कार्यक्रमबाट उचित उपब्धिमूलक भएको कार्यक्रममा उपस्थित सिनियर एजेन्सी म्यानेनजर गोबिन्द जोशिले बताए ।