आइएमई लाइफ इन्स्योरेन्सद्धारा घातक रोग वापत १६ लाख रुपैयाँ भुक्तानी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग वापतरको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको तुल्सीपुर दाङ शाखाले घातक रोग वापतको रकम हस्तान्तरण गरेको हो ।
आइएमई लाइफ इन्स्योरेन्स तुल्सीपुर दाङ शाखाले झरना रि–कण्डीशनका बीमित डिल्लीराज पाण्डेलाई घातक रोग वापतको १६ लाख रुपैयाँ बीमा दावी भुक्तानी गरेको हो । बीमित पाण्डेलाई प्यारालाइसिस भएका कारण कम्पनीले घातक रोग वापत मंसिर १६ गते उनलाई १६ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।
उक्त बीमा दाबी भुक्तानी कार्यक्रममा क्षेत्रीय प्रबन्धक पे्रम प्रसाद तिमिल्सीना, कम्पनीका चिफ एजेन्सी म्यानेजर किरण पुन तथा शाखा प्रबन्धक हिमाल खड्काको उपस्थिति रहेको थियो । बीमित पाण्डेले २०७८ असार ३० गते आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको ‘आइएमई धनबर्धन जीवन बीमा योजना’ खरिद गरेका थिए ।