नेशनल लाइफको ३४ औं बार्षिक साधारणसभा आज हुँदै, १५ प्रतिशत बोनस शेयर पारित गर्ने प्रस्ताव

१८ मंसिर २०७९, आईतवार ०७:५३

काठमाडौं । नेशनल लाइफ इन्स्योरन्स कम्पनीको आव २०७७।०७८ को वित्तीय विवरण पारित गर्न ३४ औं बार्षिक साधारणसभा आज हुँदैछ । कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा विहान १०ः३० बजे सुरु हुने साधारणसभाले लाभांश बापत आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्दैछ । साथै बोनस शेयरका लागि कर प्रयोजनार्थ ०.७८ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि मंसिर ८ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । सो आधारमा मंसिर ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले सभामा भाग लिन तथा १५ प्रतिशत बोनस शेयर लाभांश पाउने छन् ।

आजको बार्षिक साधारणसभामा आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन उपर छफल गरि पारित गर्नेछ भने गत आर्थिक वर्ष अर्थात २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गर्नेछ । कम्पनीको हालको चुक्ता पूँजी ४ अर्ब तीन करोड ५१ लाख रुपैयाँ छ । यस पूँजीको १५ प्रतिशत बोनश शेयर वितरणपछि कम्पनीको चुक्ता पुँजि चार अर्ब ६४ करोड माथि पुग्नेछ ।

बीमा प्राधिकरणले तोकेको पाँच अर्ब चुक्ता पुँजि पुर्याउन डर खासै समस्या पर्नेछैन । जीवन बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्याङ्कनको कारण समयमा नै साधारणसभा गर्न समस्या हुँदै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*