अपाङ्गता भएका व्यक्तिहरुको ३१ औ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रम सम्पन्न

१७ मंसिर २०७९, शनिबार १४:५६

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको ३१ औ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित सरोकारवाला तथा सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आन शनिवारको दिन नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा टेकु, काठमाडौंमा सम्पन्न भएको हो ।

‘समावेशी विकासका लागि रुपान्तरित समाधानः पहँचयुक्त र समतामुलक विश्वका लागि उर्जावान् सिर्जनशिलताको प्रावधान’ भन्ने नाराका साथ सम्पन्न भएको छ । कार्यक्रममा स्वास्थ्य सेवामा आवद्ध भएका व्यक्ति, अपाङ्गता भएका व्यक्तिहरु बाक्लो उपस्थिती रहेको थियो ।

 

नेपाल सरकारले अपाङ्गता रोकथाम तथा पुनस्र्थापनाका लागि विभिन्न निकायहरुसँग सम्वनय गर्ने जिम्मेवारीका साथ कुुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाको स्थापना गरेको र यसले आगामि दिनमा अपाङ्गता भएका व्यक्तिहरुलाई व्यवस्थापन र उपचारमा सहयोग पुुगेको डा. चुमनलाल दासले बताए । नेपाल सरकारले विगतको समस्यालाई समाधान गर्न र यसलाई प्रभावकारी बनाउनको लागि पुनस्र्थापना सेवा रजिष्टरको सुरुवात गरेर सातै प्रदेशमा प्रभावकारी सेवा दिएको उनले बताए ।

अपाङ्गता परिचय पत्र वितरण कार्यक्रम धेरै हदसम्म सम्पन्न भएको र आउदो दिनमा यसलाई थप सहज बनाउनको लागि हामि सम्बन्धित निकाय सँग पहल गरेको डा. प्रशान्त नापितले बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*