जीवन बीमा कम्पनीहरुले बीमालेख धितोकर्जा वापत ७३ अर्ब ६२ करोड रुपैयाँ कर्जा प्रवाह, कुनले कति गरे ?
काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमासको अवधिसम्ममा जीवन बीमा कम्पनीहरुले ७३ अर्ब ६२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीहरुले ५४ अर्ब २२ करोड रुपैयाँ बीमालेख धितोकर्जा वापत कर्जा प्रवाह गरेका थिए ।
गत आर्थिक बर्षको तुलनामा जीवन बीमा कम्पनीहरुको बीमालेख धितोकर्जा ३५ प्रतिशतले बढेको तथ्यांकमा देखाईएको छ। बीमालेख बाहेक अन्य कुनै पनि धितो राख्नु नपर्ने भएका कारणले गर्दा पनि बैंकको तुलनामा बीमालेख धितो राखी कर्जा लिने प्रक्रिया झनझट हुँदैन । जस कारणले गर्दा बीमालेख धितो राखी कर्जा लिने बीमितको आकर्षण बढ्दै गएको देखिन्छ । तर बीमितले सिमित अवधिमा मात्रै बीमालेख धितोमा साक्षी राखी ऋण लिन पाउनेछन् ।
कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरण अनुसार यस त्रैमासको अवधिसम्ममा सबैभन्दला धेरै कारोबार गर्ने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमालेख धितोमा राखी सबैभन्दा बढी कर्जा लिएका छन् ।
यस त्रैमासको अवधिसम्ममा कमपनीको बीमालेख धितोमा राखि २६ अर्ब ५८ करोड ८२ लाख रुपैयाँ कर्जा लिएका छन् ।
गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले २० अर्ब ५७ करोड रुपैयाँ कर्जा दिएको थियो ।गत आर्थिक बर्षको तुलनामा कम्पनीको बीमालेख धितोकर्जा २९ प्रतिशतले बढेको कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणले देखाएको छ ।
एलआईसी नेपालका बीमितले बीमालेख धितो राखी १९ अर्ब ८९ करोड रुपैयाँ कर्जा लिएका छन् ।
नेशनल लाइफका बीमितले बीमालेख धितो राखी ८ अर्ब ९७ करोड, एशियन लाइफका बीमितले ४ अर्ब २५ करोड रुपैयाँ कर्जा लिएका छन् ।प्राइम लाइफका बीमितले २ अर्ब ३२ करोड, राष्ट्रिय बीमा संस्थानका बीमितले २ अर्ब १ करोड, सूर्या लाइफका बीमितले २ अर्ब ७ करोड, मेट लाइफका बीमितले १ अर्ब ३१ करोड, गुराँस लाइफका बीमितले १ अर्ब १९ करोड, यूनियन लाइफका बीमितले १ अर्ब १७ करोड रुपैयाँ कर्जा लिएका छन् ।
सिटिजन लाइफले बीमालेख धितोमा राखी ३७ करोड ७४ लाख, रिलायबल नेपाल लाइफले १८ करोड १४ लाख, ज्योति लाइफले ९२ करोड २३ लाख, रिलायन्स लाइफले ५६ करोड ६१ लाख, आइएमई लाइफले ४२ करोड ७३ लाख रुपैयाँ र सन नेपाल लाइफले ३९ करोड १५ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
त्यस्तै, सानिमा लाइफबाट २३ करोड ९१ लाख, प्रभु लाइफबाट ४७ करोड २७ लाख र महालक्ष्मी लाइफबाट २३ करोड ५१ लाख रुपैयाँ कर्जा लिएका छन् ।